जुवा खालमा भेटिएका पंगेनीलाई एक हजार जरिवाना !
काठमाडौं: बाँसबारीस्थित एक घरमा रहेको जुवाखालबाट मंगलबार राती पक्राउ परेका लोक गायक बद्री पंगेनीसहित ११ जनालाई काठमाडौं जिल्ला प्रशासनले जनहीँ एक हजार जरिवाना गरेको छ।
महानगरिय प्रहरी वृत, महाराजगन्ज र काठमाडौं जिल्ला प्रशासनले भने विवादास्पद निर्णय गरेका छन्। जुवा खालमा भेटिएकालाई महाराजगन्ज बृतले मादक पदार्थ सेवन गरी सार्वजनिक ठाउँमा होहल्ला गरेको अभियोगसहित जिल्ला प्रशासनमा पेश गरेको थियो।
अभियोग अनुसार जिल्ला प्रशासनले सार्वजनिक मुद्धा चलाउनु पर्ने भएपनि जुवा खेलेको ब्यहोरामा जरिवानाको निर्णय गरेको छ । जुवा ऐन अनुसार जुवा खेल्नेलाई अधिकतम दुई सय रुपैयाँ जरिवाना र जफत भएको रकम राजस्वमा बुझाउने ब्यवस्था छ। तर जुवा खेल्दा पक्राउ परेकालाई जुवा ऐन चलाईदैन।
उनीहरुलाई जिल्ला प्रशासन कार्यलय बुझाइन्छ र जफत भएको रकम राजस्वमा जम्मा गरिन्छ। जिल्ला प्रशासनले आवश्यकता अनुसार कारबाही गर्छ।
काठमाडौं जिल्ला प्रसासन प्रमुख बालकृष्ण पन्थीले स्थानिय प्रसासन ऐनअन्तर्गत मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा हो हल्ला गरेको आरोपमा गर्न सकिने अधिकतम एक हजार रुपैयाँ जरिवाना गरिएको बताउनुभयो।