मोडेल हन्टमा ७० जना

मोडेल हन्टमा ७० जना

काठमाडौं : नेक्स्ट मोडल्सको आयोजनामा हुने ‘मोडल हन्ट नेपाल २०१७'का लागि ७० प्रतियोगी छानिएका छन् । राजधानीमा आयोजित पहिलो र दोस्रो चरणको अडिसनबाट उनीहरू अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका हुन् ।

प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरी उनीहरूलाई व्यावसायिक बनाउने उद्देश्यले आयोजित प्रतियोगिताको यो तेस्रो संस्करण हो । युवकयुवतीमा व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर एवं नेतृत्वदायी क्षमताको विकास गरी नेपालमा अन्तर्राष्ट्रियस्तरको मोडल तयार गर्न प्रतियोगिता लाभदायक हुने आयोजक संस्थाका अध्यक्ष रवि धमलाले बताए ।

प्रतियोगीले अन्तिम स्पर्धामा र्‍याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, पब्लिक स्पिकिङलगायत विभिन्न विषयमा प्रशिक्षण पाउनेछन् । भारतका चर्चित कोरियोग्राफर मिलन एचआर राईको विशेष प्रशिक्षण रहने यस प्रतियोगितामा रोजिन शाक्यको कोरियोग्राफी रहनेछ । प्रतियोगिताका विजेताले एक लाख रुपैयाँ पुरस्कारसहित अमेरिकामा आयोजना हुने वल्र्ड फेसन परेडमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.