वार्ताका लागि कतारको सार्वभौमिकताको सम्मान गर्न राजाको आब्हान
काठमाडौ : कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको सार्वभौमिकताको सम्मान गरेर मात्रै खाडी मुलुकको संकट समाधानका लागि वार्ता गर्न आब्हान गर्न गर्नु भएको छ ।
‘हामी वार्ताका माध्यमबाट समस्याको समाधान गर्न खुला छौ’उहाँ शुक्रबार एक टेलिभिजनलाई सम्बोधन गर्दै भन्नुभयो ‘सार्वभौमिकताको सम्मान हुनुपर्छ ।’ गत जुन ५ मा कतार माथि साउदी,यूएइ,बहराइन र इजिप्टले नाकावन्दी लगाएपछि पहिलो पटक कतारी राजाले यस्तो आब्हान गर्नु भएको हो ।
उहाँले कुवेतको मध्यस्थता,अमेरिका,टर्की र जर्मनीले समस्या समाधानका लागि खेलेको भूमिकालाई महत्व दिनुभयो । टर्कीले आफूहरुका आधारभुत आवश्यकता पूरा गर्ने सम्झौतामा हस्ताक्षर गरेर सहयोग गरेकोमा उहाँले टर्कीलाई धन्यवाद पनि दिनुभयो ।
‘हामी बिरुद्धको अभियान पूर्व नियोजित हो । हामीले परिक्षा दियौ र पास भयौ’ उहाँले भन्नुभयो । कतारले सन २०२२ मा बिश्वकप आयोजना गर्न लागेको छ । त्यसका लागि कतारले तयारी स्वरुप पूर्वाधार निर्माणलाई तीब्रता दिदै आएको छ ।
नाकावन्दी बिरुद्धको अभियानमा आफूलाई नैतिकताको कसीमा कतारी जनताले पास गराएको पनि उहाँले बताउनुभयो । ‘यो वास्तवमै नैतिकताको परिक्षण थियो । हाम्रा जनता बिबिधतासहित त्यसमा पास भएका छन् । म यसलाई निरन्तरता दिन आब्हान गर्दछु ।’
कतारी जनतालाई लगानीका लागि खुला हुन पनि उहाँले आब्हान गर्नु भएको छ । ‘हाम्रो अर्थतन्त्रलाई बिधितामा ढाल्न मैले निर्देशन दिइसकेको छु’उहाँले भन्नुभयो ।
स्रोत अलजजीरा