अमेरिकामा फेरि खुल्यो टिकटक

अमेरिकामा फेरि खुल्यो टिकटक
सुन्नुहोस्

काठमाडौं : सेवा बन्द गरेको केही घण्टापछि नै अमेरिकामा फेरि टिकटक खुलेको छ। नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सेवा सञ्चालनका लागि वातावरण बनाएको टिकटकले जनाएको छ। 

राष्ट्रपति जो बाइडनको निवर्तमान प्रशासनले यसअघि नै कुनै पनि प्रतिबन्ध नलगाउने बताएको थियो। टिकटकको चिनियाँ मालिक बाइटडान्सले आफ्नो अमेरिकी सहायक कम्पनी गैरचिनियाँ क्रेताहरूलाई बेच्नका लागि समयसीमा नजिकिँदै गर्दा शनिबार अमेरिकामा टिकटक बन्द भएको थियो।

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन लागू भएपछि चीनले अमेरिकालाई टिकटकको कुरा सुन्न आग्रह गरेको थियो।

'अमेरिकी पक्षले तर्कसङ्गत आवाजहरूलाई गम्भीरतापूर्वक सुन्नेछ र अमेरिकामा सञ्चालित सबै देशका बजार संस्थाहरूका लागि खुला, निष्पक्ष, न्यायपूर्ण र भेदभावरहित व्यावसायिक वातावरण प्रदान गर्नेछ भन्ने कुरा हामी आशा गर्दछौं,' चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने। उनले अमेरिकामा धेरै वर्षदेखि टिकटकको प्रयोग हुँदै आएको र प्रयोगकर्ताले पनि अत्याधिक रुचाएको जानकारी दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.