बिहारका मुख्यमन्त्री नितिशकुमारले दिए राजीनामा

बिहारका मुख्यमन्त्री नितिशकुमारले दिए राजीनामा

काठमाडौं : भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारले राजीनामा दिएका छन्। नितिशले बुधबार गभर्नर केशरीनाथ त्रिपाठीसमक्ष राजीनामा दिएको भारतीय पत्रिका ‘इन्डियन एक्सप्रेश’ले जनाएको छ।

बुधबार सम्पन्न भएको जनता दल (युनाइटेड)का एमएलएहरूको बैठकमा उनले राजीनामा दिने निर्णय गरेका थिए। नितिशको राजीनामाले जनता दल (युनाइटेड) र राष्ट्रिय जनता दलको गठबन्धनमा चिरा पर्ने निश्चितप्रायः भएको छ।

राजीनामा दिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा नितिशले राष्ट्रिय जनता दलका नेताहरूमाथि लागेको भ्रष्टाचार आरोपले समस्या निम्त्याएको बताए।

‘हामीले उहाँहरूलाई ती आरोपबारे प्रष्ट पार्न बारम्बार भन्यौं। हामीले तेजस्वजीलाई पनि बारम्बार भन्यौं। तर, स्थिति झनै बिग्रदै गयो। यसले मलाई काम गर्नै अप्ठेरो बनायो। हामीले गठबन्धनको धर्म निर्वाह गर्ने प्रयास त गरेका हौं।’

राष्ट्रिय जनता दलका नेता एवं कार्यकारी मुख्यमन्त्री तेजस्वी यादव होटलका लागि जग्गासम्बन्धि मामिलामा भ्रष्टाचार गरेको आरोपमा मुछिएका छन्।

उनी राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवका छोरा हुन्। लालुले नितिशले तेजस्वीको राजीनामा नमागेको र तेजस्वीले कुनै राजीनामा नदिने घोषणा गरेलगत्तै नितिशको राजीनामा आएको हो।

नीतिशको राजीनामालाई भारतका प्रधानमन्त्री नरेन्द्रकुमार मोदीले स्वागत गरेका छन्। मोदीले दुइवटा ट्विट गर्दै राजीनामाको स्वागत गरेका हुन्। उनले लेखेका छन्ः ‘देशको, विशेष गरी बिहारको उज्जवल भविष्यको लागि राजनीतिक मतभेदहरूबाट माथी उठेर भ्रष्टाचारविरूद्ध एकजुट हुनु आज देश र समयको माग हो।’

‘भ्रष्टाचारविरूद्ध लडाइमा जुधेकोमा नीतिश कुमारजीलाई बहुत–बहुत बधाई। सवा सय करोड नागरिक इमान्दारीको स्वागत र समर्थन गरिरहेछन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.