दोक्लाम विवादका बीच डोभलले भेटे चीनियाँ राष्ट्रपति

दोक्लाम विवादका बीच डोभलले भेटे चीनियाँ राष्ट्रपति

काठमाडौं: दोक्लाम क्षेत्रलाई लिएर दुई देशबीच बिवाद जारी रहेका बेला भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभल र चीनियाँ राष्ट्रपतिबीच भेटवार्ता भएको छ।

शुक्रबार बेइजिङमा दुई जनाबीच भेटवार्ता भएको हो। यसअघि बिहीबार मात्र डोभलले चीनियाँ राष्ट्रिय सुरक्षा सल्लाहकार यांग जिआचीसंग पनि भेट गरेका थिए।

ब्रिक्स देशका राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको जारी बैठकमा सहभागि हुन डोभाल बेइजिङ पुगेका हुन्।

उता दोक्लाम विवादबारे चीनको सरकारी सञ्चारमाध्यमले भारतलाई धम्की दिएका छन्।चीनियाँ सञ्चारमाध्यमले भनेका छन्, दोक्लाम विबाद चीन र भुटानको मामिला हो, यसमा तेस्रो पार्टीको रुपमा भारतले भूमीका खेल्नुको औचित्य छैन।'

दिल्लीले आफ्नो कदमबाट पछाडि नहटे ठूलो क्षति व्यहोर्नुपर्ने चीनियाँ सञ्चारमाध्यमले चेतावनी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.