पक्राउ हुने डरले थाइ पूर्व प्रधानमन्त्री दुबईमा
बैङकक (थाइल्याण्ड) : चामल अनुदान परियोजनामा भएका भनिएका भ्रष्टाचारको मुद्दामाथिको सुनुवाईमा अदालतले आदेश दिनुअघि थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात दुबई उडेको उनको दलले जनाएको छ।
चामल अनुदान परियोजनामा लापरवाही गरेको आरोप लागेका शिनावात विदेश गइसकेको पार्टी स्रोतले जानकारी गराएको छ। उनले केही दिन पहिल्यै थाइल्याण्डबाट बाहिरिनु भएको शुक्रबार जानकारी गराइएको थियो। उनी बेलायत जाने क्रममा दुबइ पुगेको उनको दलका वरिष्ठ सदस्यले जनाए।
पूर्व प्रधानमन्त्री शिनावातलाई शुक्रबार अदालतमा सुनुवाइका लागि उपस्थित हुन भनिएको थियो तर उपस्थित नभएपछि अदालतले उनलाई पक्राउ गर्न अदालतले आदेश जारी गरेको थियो। उनको धरौटी जफत गरिएको थियो।
शिनावातविरुद्धको मुद्दामा शुक्रबार फैसला सुनाउने तयारी गरेको सर्वोच्च अदालतले फैसला अर्को महिना गर्ने जनाएको छ। उनी बेलायत जानेक्रममा कम्वोडिया–सिङ्गापुर हुँदै दुबई पुगेको जुन्ता दलका एक सदस्यले बताए। दुबईमा उनका दाजु पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात स्वघोषित निर्वासनमा बसिरहेका छन्।
त्यस प्रकरणमा दोषी ठहरिएमा पूर्व प्रधानमन्त्रीलाई १० वर्ष जेल सजाय हुनसक्नेछ। रासस/एएफ्पी