धार्मिक गुरु रहीमलाई १० वर्षको जेल
एजेन्सी: बलात्कार आरोमा दोषी करा गरिएका धर्मिक गुरु गुरमीत राम रहीम सिंहलाई १० वर्षको जेल सजाय सनाइएको छ। विशेष अदालतका न्यायाधीश जगदीप सिंहले उनलाई दश वर्षको जेल सजायको फैसला सुनाएका हुन्।
उनलाई अब हरियाणाको सुनारिया जेल भित्र १० वर्षको सजाय भोग्नुपर्ने बीबीसीले उल्लेख गरेको छ।यसअघि उनलाई २५ अगस्टमा पंचकुलामा सीआइबीले सन् २००२मा महिलामाथि बलात्कारको आरोप लगाएर दोषी ठहर्याएका थियो।
रहिमलाइै जेल सजाय सुनाएपछि हरियाणा सरकारको उच्चस्तरीय बैठकमा मुख्यमन्त्री मनोहरलाल खट्टरकोसाथ मुख्य सचिव तथा डीजीपी समेत सहभागी थिए। यता, रहिमलाई पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले अदालतको फैसलाको स्वागत गरेका छन्। उनले पञ्जाब सरकारले कुनै पनि दुर्घटना हुन नदिन सुरक्षा सतर्कता अपनाइएको छ।