छ हजार म्यानमारका नागरिक बङ्गलबादेशको सीमा क्षेत्रमा
कोसस् बजार (बङ्गलादेश): म्यानमारमा पुनःसुरु भएको हिंसाको कारण बङ्गलादेशको सीमा क्षेत्रमा करिब छ हजार रोहिङ्गया नागरिकहरु अडिएका छन्। एक बङ्गलादेशी वरिष्ठ अधिकारीले संयुक्त राष्ट्रसंघलाई सीमा क्षेत्रमा अडिएका ती व्यक्तिको सहयोगलाई आग्रह गरेका छन्।
संयुक्त राष्ट्रसंघको शरणार्थी आयोगका अनुसार गत तीन दिन यता करिब तीन हजारलाई सीमा क्षेत्र पार गई बङ्गलादेश भित्रिएको छ। तर नजिकैको गाउँका जारी विवादयुक्त झडपको कारण भारी सङ्ख्यामा नागरिक सीमा क्षेत्रमा अडिएका छन्।
जारी हिंसाको कारण करिब छ हजार म्यानमारका नागरिक बङ्गलादेशभित्र जानको लागि सीमा क्षेत्रमा अडिएका बङ्गलादेशी अधिकारीले जानकारी दिएका छन्। रासस/एएफपी