उत्तर कोरियाले भन्यो, ' जापानी आकाशमाथिको मिसाइल परीक्षण सुरुवात मात्र हो'
उत्तर कोरियाले जापानी आकाशमाथि मंगलबार बिहान प्रहार गरिएको मिसाइललार्इ सुरुवाति मात्र भएको भनेको छ।
मंगलबारको मिसार्इल परीक्षणको विश्वभर कडा आलोचना भर्इरहेका बेला उत्तरले भने यसलार्इ थप परीक्षणका लागि सुरुवात मात्र भएको बताएको छ। प्रशान्त क्षेत्रमा सैन्य अभ्यासको सुरुवात भन्दै उत्तरले थप परीक्षण गर्ने चेतावनी दिएको हो।
जापानी आकाश भएर उडेको मिसाइल जापानको उत्तरी होक्काइदो आर्इस्ल्याण्डमा खसेको थियो।मिसाइल परीक्षण हुने वित्तिकै जापानका प्रधानमन्त्रीले आफ्ना देशका नागरिकलार्इ सुरक्षित रहन आग्रह गरेका थिए।
मंगलबार संयुक्त राष्ट्रसंघको सुरक्षापरिषद्को आपतकालीन बैठकले मिसार्इल परीक्षणको कडा शब्दमा भर्त्सना गरेको थियो। बुधबार मात्रै बेलायती प्रधानमन्त्री थेरेसा मे जापान गएकी छिन्।
This is the moment North Korea launched a missile over Japan https://t.co/tI9mcrVTVo pic.twitter.com/UF99HEG4M7
— CNN (@CNN) August 30, 2017
अमेरिका र दक्षिण कोरियाका सेनाबीचको संयुक्त सैन्य अभ्यासको जवाफमा मिसार्इल परीक्षण गरिएको उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसिएनएले उल्लेख गरेको छ।
केसिएनएले कोरियाली नेता किम जोन उनले थप मिसार्इल आक्रमण गर्न निर्देशन दिएको जनाएको छ। राष्ट संघ लगायत विभिन्न पश्चिमा देशहरुको नाकाबन्दीका बाबजुत उत्तर कोरियाली पछिल्ला महिना लगातार मिसार्इल परीक्षण गरिरहेको छ।