अमेरिकाद्वारा उत्तर कोरियाली प्रायद्वीपमा सैन्य अभ्यास
अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाली प्रायद्वीपमा संयुक्त शैन्य अभ्यास गरेका छन्। उत्तर कोरियाले जापानी आकाशमाथि मिसाइल परीक्षण गरेको दुर्इ दिनपछि अमेरिकाले कोरियाली प्रायद्वीपमा सैन्य अभ्यास गरेको हो।
दक्षिण कोरियाली वायु सेनाका एक अधिकारीले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले बम बोकेका दुई बी -1 बी विमान, चार एफ -15 लडाकु विमान र एफ -35 बी लड़ाकू जेट विमानबाट कोरियाली प्रायद्वीपमा अभ्यास गरेको बताएको सिएनएनले जनाएको छ।
उत्तर कोरियाको मिसाइल परीक्षण र परमाणु हतियारको विकास विरुद्ध सैन्य अभ्यास भएको ती अधिकारीले बताए। सैन्य अभ्यासमा चार दक्षिण कोरियाली जेट विमान, दुर्इ अमेरिकी बम विमान र चार वटा जापानमा रहेको अमेरिकी विमान संलग्न रहेको बतार्इएको छ।