क्लाउडबेस सफ्टवेयर ‘इलेखा' बजारमा

क्लाउडबेस सफ्टवेयर ‘इलेखा' बजारमा

काठमाडौं: लेखासम्बन्धी सम्पूर्ण विवरण राख्नका लागि अत्याधुनिक ‘इलेखा' सफ्टवेयर बजारमा आएको छ । इलेखा अहिले बजारमा रहेका सफ्टवेयरभन्दा सुरक्षित रहेको निर्माण कम्पनी दियालो टेक्नोलोजिज प्रालिले जनाएको छ।

क्लाउड (इन्टरनेट) मा आधारित इलेखा सफ्टवेयर अन्तर्राष्ट्रिय मापदण्डमा निर्माण गरिएको छ। बजारमा अहिले रहेका धेरै सफ्टवेयर कम्प्युटरमा इन्स्टल गरेर चलाउने किसिमका छन्।

कम्प्युटरको हार्डडिक्स क्र्यास हुने, भाइरस लाग्नेजस्ता समस्याले लेखाको विवरण नै नष्ट हुने खतराबाट मुक्त हुन ‘इलेखा' उपयोगी हुने दियालो टेक्नोलोजिजका प्रबन्ध निर्देशक पीआर खनालले बताए उनले विकसित देशमा डेक्सटप बेसका एकाउन्टिङ सफ्टवेयर विस्थापित भई क्लाउड बेस सफ्टवेयर प्रयोग बढेको बताए।

इन्टरनेटमा आधारित सफ्टवेयर भएको हुनाले लेखामा रहने व्यक्तिले मात्र नभएर कम्पनी सञ्चालकले विश्वका जुनसुकै कुनाबाट पनि आफ्नो कार्यालय/संस्थाको आर्थिक हिसाबकिताब हेर्न सक्नेछन्। क्लाउड बेसमा निर्माण भएको यो पहिलो सफ्टवेयर भएको कम्पनीको दाबी छ।

यो सफ्टवेयर जुनसुकै ब्राउजरबाट पनि चलाउन सकिने र मोबाइलबाटसमेत सम्पूर्ण विवरण हेर्न सकिने खनालले बताए।

यो सफ्टवेयर उत्पादन, प्रसोधन, व्यापार, सेवामूलक तथा हरेक किसिमका व्यवसायका लागि उपयोगी हुने गरी विभिन्न प्याकेज निर्माण गरिएको छ। साना व्यवयासीदेखि ठूला औद्योगिक घरानाका व्यवसायीलाई सफ्टवेयर उपयोगी हुने खनालको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.