स्यामन घोषणापत्र : ब्रिक्सले स्वर्णिम दशक शुरु गर्ने

स्यामन घोषणापत्र : ब्रिक्सले स्वर्णिम दशक शुरु गर्ने

काठमाडौ : ब्रिक्स राष्ट्रका नेताहरुले स्यामन घोषणापत्र जारी गरेका छन् । ब्रिक्स मुलुकका नेताहरुको नवौ शिखर सम्मेलनले सोमबार स्यामन घोषणापत्र जारी गरेको छ । चीनको फुच्येन प्रान्तको श्यामन शहरमा भएको ब्रिक्स राष्ट्रका शिर्ष नेताहरुको सम्मेलनले स्यामन घोषणापत्र जारी गरेको हो ।

 


बिहान ९ बजेर ५० मिनेट जाँदा ब्राजिलका राष्ट्रपति मिशेल टेमेर,दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोव जुमा,भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन म्यामन अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा पुगेका थिए । उनीहरुलाई चिनिया राष्ट्रपति सीले स्वागत गरेका थिए ।

ब्रिक्सको अध्यक्ष राष्ट्रको हैसियतमा चीनका राष्ट्रपति सी चिन फिङले ब्रिक्स साझेदारी सम्बन्धलाई सबल पार्दै अझै उज्यालो भविश्य खडा गर्ने कुरामा जोड दिएका छन् । ब्रिक्स मुलुकका नेताहरूको नवौं शिखर सम्मेलनलाई सोमबार फुच्येन प्रान्तको स्यामन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्बोधन गर्दै राष्ट्रपति सीले ब्रिक्स मुलुकहरूको सहकार्यको दश वर्षको प्रक्रियाको सकारात्मक रुपमा मूल्याकंन गरेका छन् । राष्ट्रपति सीले ब्रिक्स मुलुकहरूको सहयोगका लागि दोस्रो स्वर्णिम दशक शुरु गर्नेमा जोड दिए ।

ब्राजिलका राष्ट्रपति मिशेल टेमेर, दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी रहेको सम्मेलनमा
पाँच मुलुकका नेताहरूले ‘सबल ब्रिक्स साझेदारी सम्बन्ध, अझै उज्यालो भविश्यको सिर्जना’ मुख्य विषयवस्तु बमोजिम वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, विश्व अर्थतन्त्रको सुशासन, ब्रिक्स मुलुकहरूको सहयोग, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याहरूबारे वैचारिक आदान—प्रदान, ब्रिक्स मुलुकहरूको सहयोगको एक दशको मूल्याङकन, श्रृंखालबद्ध सहमति तथा ब्रिक्स मुलुकहरूको सहयोगको भावी विकासको योजना बनाएका छन् ।

 सीले नवोदित मुलुक र विकासोन्मुख मुलुकका लागि खुलापनलाई पालना गर्नुपर्ने, बहुपक्षीय व्यापार प्रणालीलाई पालना गर्नुपर्ने, पारस्परिक हित र साझाहितलाई पालना गर्नुपर्ने, रणनीतिक सुरक्षा समस्याबारे अडानलाई समन्वय गर्नुपर्ने, सहमतिलाई विस्तार गर्नुपर्ने, सहयोगलाई बढाउनुपर्नेमा जोड दिएका छन् ।
सम्मेलनमा ‘ब्रिक्स मुलुकका नेताहरूको स्यामन घोषणापत्र’जारी गरिएको छ ।


राष्ट्रपति सीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र दक्षिण अफ्रिकाका राष्ट्रपतिसँग स्यामनमा छुट्टा छुट्टै भेटवार्ता गरेका छन् ।

अन्तराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.