तिब्बतको पठारमा पानी बढदा तल्लोतटियक्षेत्रमा हरियाली
काठमाडौ : पछिल्ला दिनमा चीनको स्वशासित क्षेत्र तिब्बतको पठारमा पानीको मात्रा बढदै गएको पत्ता लागेको छ । तिब्बतको तल्लोतटीय क्षेत्रमा पानीको अभाव कम हुने पनि अनुसन्धानकर्ताहरुले बताएका छन् ।
चीन विज्ञान प्रतिष्ठानका अनुसन्धाकर्ताले गरेको सबैभन्दा पछिल्लो अध्ययन अनुसार बितेका ४० वर्षयता, छिङ्गहाई—तिब्बत पठारभूमिमा मे देखि जुन महिनाको शुरुमा पानीको मात्रा बढदै गएको पाइएको हो । गर्मी महिनामा पानीको मात्रा बढदै गएकोले त्यहाँको बनस्पति जगत पहिलेभन्दा बढी हरियाली बन्दै गएको पाइएको छ ।
छिङ्गहाई—तिब्बत पठारभूमिमा जलवायु परिवर्तनको प्रवृत्ति प्रमाणित गरिएको पनि अनुसन्धानकर्ताहरुले बताएका छन् । सो तथ्य हालै सार्वजनिक वातावरणसम्बन्धी पृथ्वी भूगोल विज्ञान अध्ययन पत्रिकामा प्रकाशित भएको छ ।
छिङ्गहाई—तिब्बत पठारभूमि पृथ्वीको जलवायु परिवर्तन देखाइने संवेदनशील क्षेत्र मानिन्छ। चीन विज्ञान प्रतिष्ठानका अनुसन्धानकर्ता चाङ वेनस्याले परेको पानीको बढावाबारे ब्याख्या गर्दै पानीको बढावाबाट पठारभूमिको तल्लो भागमा खेतीबालीका लागि सिंचाइको पनि राम्रो वातावरण सिर्जना गरेको उल्लेख गरेका छन ।
चिनिया सञ्चारमाध्यमले छिङ्गहाई—तिब्बत पठारभूमिको दक्षिण—पूर्वी भागमा पानीको वृद्धिबाट तल्लो भागमा जल श्रोत अभावलाई कम गराएको उल्लेख गरेका छन् ।