‘चीन र भारतबीच स्वस्थ र स्थिर सम्बन्ध आवश्यक'

‘चीन र भारतबीच स्वस्थ र स्थिर सम्बन्ध आवश्यक'

चीन : चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र भारत सम्बन्ध स्थिर र स्वस्थ हुनुपर्नेमा जोड दिएका छन्। चीन र भारतका नागरिकको चाहना पनि यस्तै रहेको भन्दै राष्ट्रपति चिनफिङले यी दुई देशबीचको सम्बन्ध विश्वासमा आधारित र स्थिर हुनुपर्नेमा जोड दिएका हुन्। चीनको दक्षिणपूर्वी सहर सियामेनमा सम्पन्न ब्रिक्सको नवौँ सम्मेलनपछि चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो। द्विपक्षीय भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले भारतीय प्रधानमन्त्री मोदीसँग यस्तो धारणा राखेको जानकारी दिइएको छ।

 

चीनले भारतसँग शान्तिपूर्ण सहअस्तित्वका साथै थप विभिन्न पाँच सिद्धान्तका आधारमा सम्बन्ध विकास गर्ने तथा साथ साथमा काम गर्न चाहेको पनि चिनियाँ राष्ट्रपति सीले त्यस अवसरमा बताएका थिए। दुवै देशले आपसी एवं पारस्परिक राजनीतिक विश्वासका आधारमा सम्बन्ध विकास गर्नुपर्नेमा उनको जोड थियो। यसले पारस्पारिक सहयोगमा अभिवृद्धि र आपसी हितको विकास गर्नेमा उनले भेटका क्रममा जोड दिएका थिए। ब्रिक्स सम्मेलनमा त्यहाँ रहेका बेला एसियाका यी दुई ठूला देशका नेताबीच द्विपक्षीय वार्ता भएको थियो।

ब्रिक्सको नवौं सम्मेलन सियामेन घोषणापत्र जारी गर्दै मंगलबार सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालन भएको त्यस सम्मेलनद्वारा जारी घोषणापत्रमा ब्रिक्स संगठनले विश्वमा पारदर्शिता एवं खुलापनको विकास, समावेशिता र सबैको साझा चासोका विभिन्न एजेन्डाको विकासमा जोड दिएको राष्ट्रपति सीले जानकारी दिए।
सम्मेलनको समापनसँगै चिनियाँ राष्ट्रपति सीले वर्तमान विश्व परिवेश, विश्व अर्थतन्त्र र समन्वयमा उक्त सम्मेलनमा सहमतिमा पुगेको जानकारी दिए। सम्मेलनमा ब्रिक्सका साथै आर्थिक क्षेत्रका उदीयमान देशहरू जस्तो इजिप्ट, मेक्सिको, थाइल्यान्ड, ताजिकिस्तान र गुएनाका नेताहरूले पनि सहभागी थिए।

ती देशहरूको आर्थिक विकास तथा अन्तर्राष्ट्रिय सहयोग र समन्वयका क्षेत्रमा पनि ब्रिक्सले सहयोग र साझेदारी प्रदान गर्नेबारे घोषणापत्रमा जोड दिइएको छ। सम्मेलनको समापनसँगै पत्रकारहरूलाई जानकारी दिँदै सीले विश्वमा आर्थिक सुशासन कायम गर्न तथा उदीयमान अर्थतन्त्रहरूका समस्या र आवाज सुनेर उनीहरूको विकासका लागि पनि साथ र सहयोग दिने विषयमा व्यापक मात्रामा जोड दिइएको स्पष्ट पारे। सन् २०३० मा पूरा हुने दिगो विकासका एजेन्डाका लागि सबै देशहरूले आवश्यक गृहकार्य र एजेन्डाको कार्यान्वयनका लागि पनि साझा विकासका कार्यक्रम अघि सार्ने बारेमा सहमति भएको उनले जानकारी दिए। ब्रिक्सको दशौँ सम्मेलन दक्षिण अफ्रिकामा आयोजना गरिने छ।

चीन र भारतबीच अर्को छिमेकी देश भुटानको समेत सीमाक्षेत्रमा पर्ने डोकलाममा हालैमात्र आ-आफ्ना सैनिक उपस्थितिको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। त्यसयता यी दुई देशका नेताहरूबीच पहिलोपटक भेटघाट भएको हो। त्यसैले पनि यस भेटलाई विश्लेषकहरूले सम्बन्ध सुधारका लागि एक महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.