आइएसद्धारा ७३ सिरियाली सैनिक र सरकार समर्थक लडाकूको हत्या
दमास्कस: सिरियामा गएको २४ घन्टायता यहाँको एक बजार इलाकामा भएका झडपहरुमा परी कम्तीमा ७३ जना सिरियाली सैनिक र सरकार समर्थक लडाकूको ज्यान गएको समाचार छ ।
आइएसले उनीहरुको हत्या गरेका हुन् । सिरियाली सेना र सरकार समर्थक लडाकूहरुले आइएसका विरुद्ध कारबाही गरेका थिए । होम्स प्रान्त र मरुभूमि क्षेत्र मानिने दार ए जोरमा आइएसमाथि सो कारबाही गरिएको थियो । तर पनि कारबाहीका क्रममा आइएसले नै सरकारी सेनाको हत्या गरेका थिए ।
ती क्षेत्रका सहरी इलाका कब्जा गर्ने योजनाका साथ आइएसका लडाकू आएका थिए । सोही कारण सेना र उसको सहयोगी दलले आइएसमाथि कारबाही थालेको थियो । सो कारबाहीका क्रममा ठूलो संख्यामा आइएस लडाकू पनि मारिएका जनाइएको छ । तर उनीहरु के कति मारिएका छन् भन्ने बारेमा केही खुलेको छैन ।
उक्त सहरी इलाका बिहीबार कब्जा गर्न खोज्दा सो भिडन्त भएको थियो । तर उनीहरुले कब्जा गरेको उक्त इलाका शुक्रबार भने सेनाले फिर्ता लिएको छ ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सो जानकारी दिएको हो । उक्त अधिकारवादी संस्थाका अनुसार शुक्रबार पनि ती सहरी इलाकाहरुमा कारबाही जारी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस !
३