तिहारमा ढकमक्क सयपत्री (फोटो फिचर)
काठमाडौं: नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहार घर-घरमा भित्रिइसकेको छ। कोही घरआँगन लिपपोतमा व्यस्त देखिन्छन् भने कोही झ्याल ढोकामा रंग लगाउन व्यस्त देखिन्छन्। घर नजिकैको आँगनमा ढकमक्क सयपत्री र मखमली फुलिरहेको छ।
यस वर्ष फूलको माग दोब्बर भएको छ। उत्पादन कम भएपछि मूल्यमा पाँच गुणाले वृद्धि भएको छ। मखमली फूलको उत्पादन पर्याप्त भएपनि सयपत्री फूलको उत्पादन भने विगत वर्षका तुलनामा कम भएपछि मूल्य पाँच गुणाले वृद्धि भएको हो।
तिहारमा पूजा सामग्री, घर सजाउन र भाइटीका लागि फूलको प्रयोग अत्यधिक मात्रामा हुने भएकाले फूलको माग ज्यादा हुन्छ। काठमाडौं इचङगु, चिसापानीका फूल व्यावसायीलाई तिहारका लागि फूल टिप्न, माला बनाउने र बजारसम्म पुर्याउन भ्याइन भ्याइ छ। उनीहरुलाई यति बेला फूल टिप्ने चटारो छ। अन्नपूर्णका फोटो पत्रकार सुलभ श्रेष्ठले त्यहाँ पुगेर आफ्नो क्यामरामा कैद गरेका केही तस्बिरहरु।