पाँचथरमा कांग्रेसका केरुङ र गठबन्धनका काम्बाङबीच प्रतिस्पर्धा

पाँचथरमा कांग्रेसका केरुङ र गठबन्धनका काम्बाङबीच प्रतिस्पर्धा

फिदिमः संविधान सभाको दोस्रो निर्वाचनमा संविधान सभा सदस्यका लागि पाँचथरको निर्वाचन क्षेत्र नं. १ मा चुनाब लडेका दुई पुरानै प्रतिस्पर्धीहरु प्रदेश सभा सदस्यका लागि चुनाव लड्दैछन्। प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको पाँचथरमा प्रदेश सभा ‘क' मा लोकतान्त्रिक शक्तिको गठबन्धनबाट नेपाली कांग्रेसका सभापति नरेन्द्रकुमार केरुङ र बाम गठबन्धनबाट निवर्तमान सांसद गणेश काम्वाङ चुनावी मैदानमा उत्रिएका हुन्।

संविधान सभाको दोस्रो निर्वाचनमा यी दुई नेताबीच कडा प्रतिस्पर्धा भएको थियो। संविधान सभाको चुनावमा केरुङलाई १४ सय ६५ मतले हराएर काम्वाङ संविधान सभा सदस्यका लागि चुनिएका थिए।

बाम गठबन्धनबाट उम्मेदवार बनेका काम्वाङसँग चुनाब लड्न केरुङलाई लोकतान्त्रिक पार्टीहरुको समर्थन छ। आफू चुनाब लड्ने क्षेत्रमा पहिलेभन्दा पार्टीको संगठन सुध्रिएको र राप्रपा लगायतका लोकतान्त्रिक पार्टीहरुको समर्थन भएकाले यसपटकको चुनाब आफूले जित्ने केरुङको विश्वास छ। ‘स्थानीय तहको मत परिणामलाई हेर्दा बाम गठबन्धनका उम्मेदवारलाई हराउने क्षमता कांग्रेस एक्लैले राख्छ,' केरुङ भने ‘हाम्रो सामथ्र्यमा लोकतान्त्रिक पार्टीहरु पनि जोडिएकाले यसपटकको चुनाब जित्न थप सहज छ।'

संविधान सभाको दोस्रो निर्वाचनमा केरुङ जनताबाट अनुमोदित बन्न पहिलो पटक चुनाव लडेका थिए। काम्बाङ भने पटक पटकको निर्वाचनमा पराजय भोगेर दोस्रो संविधान सभाको निर्वाचनबाट मात्रै जनताबाट अनुमोदित भएका थिए । यसपटकको निर्वाचनमा आफूलाई चुनाब जित्न झन सहज भएको काम्वाङ बताउँछन्। ‘माओवादीको साथ नहुँदा पनि चुनाव जितेको क्षेत्र हो,' काम्वाङले भने ‘यसपटक माओवादीको साथ छ। चुनाब जित्नलाई गाह्रो छैन।' चुनाव लड्दाको लामो अनुभवले पनि आफूलाई चुनाव जित्ने रणनीतिहरुको बारेमा राम्रो ज्ञान भएको काम्बाङ बताउँछन्।

एक नगरपालीका सहित तीन ओटा गाउँपालिका रहेको यो निर्वाचन क्षेत्रमा फिदिम नगरपालिकासहित फालेलुङ गाउँपालिकामा कांग्रेस विजयी भएको थियो। हिलिहाङ र याङबरक गाउँपालिकामा एमालेले जितेको हो। स्थानीय तहको निर्वाचनमा प्राप्त मतलाई हिसाव गर्दा दुवै उम्मेद्धारलाई चुनाव जीत्न त्यति सजिलो छैन।

स्थानीय तहको निर्वाचनमा कांग्रेसले फिदिम नगरपालिकामा फराकिलो मत अन्तरले चुनाव जितेको हो। फालेलुङमा झिनो मतले कांग्रेसले जिते पनि यहाँ एमाले तेस्रो शक्तिको रुपमा सिमिति भएको थियो। हिलिहाङ गाउँपालिकामा एमालेले कांग्रेसलाई फराकिलो मत अन्तरले हराए पनि याङवरक गाउँपालिकामा झिनो मतले मात्र हराएको थियो।

स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका पालिका अध्यक्षहरुको मत गणना गर्दा यो क्षेत्रमा कांग्रेसले झण्डै १७ हजार मत पाएको छ। त्यस्तै माओवादी र एमालेका उम्मेदवारले पाएको मतलाई जोडेर हेर्दा १७ हजारको हाराहारीमै मत पाएको देखिन्छ। कांग्रेसले पाएको मतमा राप्रपालगायतको मत जोड्दा एमाले र माओवादीले पाएको मत भन्दा केही मत बढी देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.