ठाकुरलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छैनः यादव

ठाकुरलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छैनः यादव

विराटनगरः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेता महन्थ ठाकुरलाई २ नं प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव नगरिएको बताएका छन्।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेश नं २ मा को मुख्यमन्त्री हुने हो भन्नेबारे प्रदेशको निर्वाचनपछि निर्णय हुने स्पष्ट पारे। अध्यक्ष यादवले नेपाली कांग्रेससँग नीति, विचार र विषय नमिल्नाका कारण नै संयुक्त मोर्चा गठन नभएको बताउँदै निर्वाचनका लागि काँग्रेस लचिलो भएमा तालमेल हुन सक्ने विश्वास व्यक्त गरे।

उनले प्रदेश नं २ मा राजपालाई संघीय सदस्यमा १५ र प्रदेशमा ३१ स्थान छाड्ने सहमति पार्टीमा भएको जानकारी दिँदै नेपाली काँग्रेससँग पनि चुनावी सहकार्य भएमा स्थान घटबढ हुने बताए।

एक प्रसङ्गमा अध्यक्ष यादवले भने,“नेकपा(एमाले) र नेकपा (माओवादीकेन्द्र)को गठबन्धन राष्ट्रविरोधी होइन तर यसले लोकतन्त्रलाई संस्थागत गरी समाजमा रहेको विभेदलाई अन्त्य गरी सामाजिक न्याय कायम गरेमा मात्र गठबन्धन सफल हुनेछ।”


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.