५३ वर्षीया म्यादी
मोरङको पथरी घर भएकी बिमला राई ५३ वर्षकी भइन् । तर, उनमा १८ वर्षे युवाको जस्तै जोश छ । त्यही जोश लिएर उनी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको तालिममा छिन् । शुक्रबा राजधानीको चुच्चेपाटीस्थित तारागाउँमा तालिममा उपस्थित उनले आफू सुरक्षाका लागि तयार भएको र शारीरिक रुपमा समेत सक्षम भएको दाबी गरेकी छिन् । तस्बिर : सरोज बैजु