मलेसियामा एक नेपालीको मृत्यु
![मलेसियामा एक नेपालीको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/kuala-lumpur_Nepali_in_Malaysiya-5a0c557833e500.31327503_7e63NefmHL.jpg)
राजविराज : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का अन्जनीकुमार चौधरीको सोमबार राति मलेसियामा मृत्यु भएको छ ।
काम सकेर राति खाना खाएर सुतेका उनलाई साथीहरुले उठाउन जाँदा मृत अवस्थामा फेला परेको सगैँ काम गर्ने साथीहरूको भनाई उदृत गर्दै उनका भान्जा बिटुकुमार मिश्रले जानकारी दिए ।
वैदेशिक रोजगारीका क्रममा २०७२ सालमा मलेसियाको मेनारा केकल कम्पनीमा काम गर्न गएका उनी हाल लाइनोक्राफ्ट प्रिन्टिङ्ग प्याकेजिङ्गमा कार्यरत थिए ।
उनीसँगै वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने सप्तरीका युवाहरुको संख्या २९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)