काश्मिर झडपमा पाँच आतंकवादी र एक सैनिकको मृत्यु
श्रीनगर: भारत प्रशासित काश्मिरमा शनिबार भएको एक सेनाका अधिकारीसहित पाँच जना शङ्कास्पद विद्रोहीको मृत्यु भएको छ।
“उत्तरी काश्मिरको हाजिन क्षेत्रमा विद्रोही सशस्त्र लडाकू लुकेर बसेको सूचनाको आधारमा वायुसेनाको कमाण्डो बल विमानबाट झरेपछि दोहोरो गोली चल्दा पाँच विद्रोही र एक सेनाको मृत्यु भएको छ,” सैनिक प्रवक्ता कर्नेल राजेस खालियाले पुष्टि गरे।
श्रीनगरको बाहिरी भागमा शुक्रबार पनि झडप भएको थियो। उक्त घटनामा एक लडाकू र एक जना प्रहरी अधिकारीको मृत्यु भएको थियो।
काश्मिर क्षेत्र बेलायती उपनिवेशबाट सन् १९४७ मा भएको स्वतन्त्रतासँगै पाकिस्तान र भारतबीच विवादित रहँदै आएको छ। त्यसपछि विभिन्न समयमा भएका साना ठूला युद्धमा दुवैतर्फका दशौँ हजार सर्वसाधारण, सैनिक तथा लडाकूको मृत्यु भइसकेको छ।