ट्रम्पको बेलायत भ्रमण रद्द गर्न आग्रह

ट्रम्पको बेलायत  भ्रमण रद्द गर्न आग्रह

लन्डन : लन्डनका महानगर प्रमुख सादिक खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायतमा हुने भनी तय भएको राजकीय भ्रमण रद्द गर्न आग्रह गरेका छन् ।अमेरिकी राष्ट्रपतिले मुसलमानविरोधी भिडियोलाई पुनः ट्विट गरेपछि खानले उक्त भिडियोप्रति विरोध जनाउँदै यस्तो आग्रह गरेका हुन् ।

बेलायती नागरिकले पहिलेदेखि नै ट्रम्पको भ्रमणका बारेमा विरोध गरिरहेका छन् । यस्तो समयमा खानको समर्थनले बेलायती जनताको आवाज सशक्त बनेको छ । महानगरप्रमुखले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिका कारण यस समयमा उनलाई बेलायतमा उचित सम्मान मिल्न नसक्ने स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्री मेका सरकारी प्रवक्ताले अमेरिकी राष्ट्रपतिले मुसलमानविरोधी भिडियोलाई पुनः ट्विट गर्नु गलत भएको बताएका छन् । बेलायती गृहमन्त्री एम्बर रडले बिहीबार बेलायत सरकारको धारणा दोहोर्‍याउँदै ट्रम्पले मुसलमानविरोधी भिडियो प्रधानमन्त्री टेरेसा मेलाई पठाउनु गलत भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

‘मेरो विचारमा प्रधानमन्त्रीको प्रतिक्रियाले अमेरिकी राष्ट्रपतिमा केही प्रभाव आउने छ’, रडले भने । गृहमन्त्री रडले भिडियोबारे बेलायती सांसदलाई जवाफ दिँदै भने, ‘बेलायती जनताले कुनै समुदायविरुद्धको पक्षपातपूर्ण अभिव्यक्तिलाई अस्वीकार गर्नेछन् ।’ कुनै धार्मिक विश्वास र सम्प्रदायलाई घृणा गर्ने कुनै समूहलाई बेलायत सरकारले सहन नसक्ने रडले स्पष्ट पारे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेयर गरेको भिडियोको बेलायती प्रधानमन्त्रीले पनि आलोचना गरेकी थिइन् । आफ्नो विरोध गर्नुको साटो मेले बेलायतमा मौलाएको आतंकवादमा ध्यान दिन ट्रम्पले भनेका थिए । उनले ट्विट गर्दै भनेका थिए, ‘टेरेसा मे, मेरो कुरामा ध्यान नदेऊ, बेलायतमा मौलाएको कट्टरपन्थी इस्लामिक आतंकवादमाथि केन्द्रित होऊ, हामीले त राम्रै काम गरिरहेका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.