निर्वाचित उम्मेदवारलाई चाँदीको मुकुट र ५१ किलोको माला
देशभर विजयी उम्मेदवार कार्यकर्ता र शुभचिन्तकसँग विजय जुलुसमा रमाइरहेका छन्। अन्य क्षेत्रको भन्दा फरक दृश्य वीरगञ्जमा देखिएको छ। विजय जुलुसमा वीरगन्ज महानगरपालिका १५ का स्थानीयले पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीप यादवलाई चाँदीको मुकुट र ५१ किलो फुलको माला लगाएर बधाई दिएका छन्। तस्बिर : क्रान्ति शाह, वीरगन्ज