गाउँबाट सहर पसेकी किशोरीको कथा बोकेको ‘कैली’ उपन्यास सार्वजनिक
काठमाडौं : जमुना न्यौपानको उपन्यास ‘कैली’ सार्वजनिक भएको छ। बुलबुल प्रकाशनद्वारा प्रकाशित उपन्यास शनिबार सार्वजनिक भएको हो।
उपन्यास ग्रामीण क्षेत्रबाट विद्यालय तहको पढाई सकेर राजधानी आएकी किशोरीको प्रेम कथामा अधारित छ। विद्यार्थी जीवनका अभाव तथा गाउकी किशोरी सहरमा आएपछि धनाढ्य युवासंगको आकर्षणलगायतका विषयलाई उठाइएको छ। एक गाउँले युवतीले र सहरिया युवकको प्रेम र त्यही कारण ती युवतीले अमेरिका अनि इन्डोनेसियासम्म गरेको यात्राको कथालाई पुस्तकमा समेट्न समेटिएको छ।
विमोचन कार्यक्रममा वरिष्ठ कलाकार नीर शाह, गीतकार डा. कृष्ण हरि बराल, संगीतकार चण्डिप्रसाद काफ्ले, गायक हेमन्त शर्मा लगायत उपस्थित थिए।