पार्टी एकता र सरकार गठनबारे ओली-दाहाल छलफल आज

पार्टी एकता र सरकार गठनबारे ओली-दाहाल छलफल आज

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेटवार्ता हुने भएको छ। भावी सरकार गठन र दुई पार्टीबीचको एकताबारे नेताहरूबीच फरक फरक धारणा आइरहेका बेला वाम गठबन्धनका दुई शीर्ष नेताको भेट हुन लागेको हो। यद्यपि दुई नेताको भेटघाटको स्थान र समय भने तय नभइसकेको उनीहरूका सचिवालयले जनाएका छन्।

एमाले अध्यक्ष ओलीका प्रेस सहयोगी चेतन अधिकारीले दुई नेताबीच भेटघाट तय भए पनि समय र स्थान तय नभइसकेको बताए। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरि तिमल्सिनाले दुई अध्यक्षहरूको भेटपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने/नबस्ने टुंगो लाग्ने जानकारी दिए।

पार्टी एकता पहिला कि सरकार गठन, सरकारको नेतृत्व आलोपालो हुने वा एकल जस्ता विषयमा दुई पार्टीका नेताहरूबीच फरक फरक धारणा आइरहेका बेला दुई शीर्ष नेताबीच छलफल हुन लागेको हो। एकता संयोजन समितिमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संयोजक छन्।

गत असोज १७ गते घोषणा गरिएको सहमतिपत्रमा 'समितिले पार्टी एकता र संगठनात्मक एकताको विस्तृत खाका र कार्ययोजना तयार पार्ने' उल्लेख छ। साझा घोषणापत्र र साझा उम्मेदवारसहित चुनाव लडेका यी दुई दलले चुनावलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका थिए। तर कात्तिक १५ यता नेताहरूबीच औपचारिक बैठक बस्न सकेको छैन।

पार्टी एकता र स्थीर सरकार गठनको नारासहित चुनावमा बहुमत प्राप्त गरेका एमाले र माओवादी केन्द्रले लिने नीतिले भावी राजनीतिलाई प्रभाव पार्ने भएकोले चासोका साथ हेरिएको छ।

यो पनि पढ्नुस्ः ओली-दाहाल खटपटको आशंका


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.