प्रधानन्यायाधीशको बचाऊमा कांग्रेस निकट कानुन व्यवसायी

प्रधानन्यायाधीशको बचाऊमा कांग्रेस निकट कानुन व्यवसायी

काठमाडौं : नेपाली कांग्रेस निकट नेपाल डेमोक्रोटिक्स लयर्स एसोसिएसन (डिएलए) नेपालले प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाऊ गरेको छ। डिएलएले न्यायालय तथा प्रधानन्यायाधीश पराजुलीको छानबिन र राजीनामाको विषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका विषयवस्तुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

डिएलएले प्रधानन्यायाधीशका शैक्षिक प्रमाणपत्र, नागरिकता तथा डा. शशि शर्माको डीन नियुक्ति सम्बन्धि मुद्दाको फाइल झिकाउने आदेशको आधारमा प्रधानन्यायाधीश छानबिनको घेरामा परेको भनी भ्रमपूर्ण सन्देश प्रवाह भएको भन्दै आपत्ति जनाएको हो।

डिएलएले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा अवहेलना मुद्दामा केवल प्रमाण अवलोकनका लागि बुझ्न खोजिएको कार्यलाई छानबिन हुन लागेको भन्ने सन्देश संप्रेषण गर्नु अतिरन्जना र भ्रमपूर्ण भएको उल्लेख गरिएको छ।

‘संवैधानिक परिषद, न्यायपरिषद तथा संसदीय सुनुवाइ समितिबाट टुङ्गो लागि सकेको विषय कसैको आत्मातुष्टी र राजनीतिक दाउपेचको विषय बन्नु हुदैन’, डिएलएको विज्ञप्तिमा भनिएको छ।

डा. गोविन्द केसीलाई न्यायिक अनियमितता र न्यायिक प्रक्रियाका विषय कानुनी प्रक्रियाबाटै समाधान गर्ने वातावरण बनाइदिन समेत डिएलएले आग्रह गरेको छ।

डा. केसीले उठाएका विषय मध्ये न्यायालयमा अनियमितता र भष्टाचार हुनुहुदैन भन्ने विषयमा भने डिएलएको समान धारणा रहेको बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.