प्रचण्डलाई बाबुरामको प्रश्न, प्रिय कामरेड ३० किलो मालाको राजनीतिक अर्थशास्त्र के हो ?

प्रचण्डलाई बाबुरामको प्रश्न, प्रिय कामरेड ३० किलो मालाको राजनीतिक अर्थशास्त्र के हो ?

काठमाडौं : ३० किलोको माला लगाएको भन्दै नयाँ शक्तिका संयोजक बाबुराम भट्टाईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना गरेका छन्। शनिबार बिहान प्रचण्डले एक कार्यक्रममा ३० किलोको माला लगाएको भन्दै बाबुरामले व्याङ्ग्यात्मक आलोचना गरेका हुन्। ट्विटरमा प्रचण्डको आलोचना गर्दै बाबुरामले ३० किलो मालाको राजनीतिक अर्थशास्त्रको नियम प्रतिपादन गर्न लागेको हो भन्दै प्रश्न गरेका हुन्।

‘समृद्धिलाई मुख्य एजेण्डा मान्नुहुने मेरा प्रिय कमरेडले ३० किलोको माला ग्रहण गर्नुभएको फूलको बजार विस्तार गरेर देशको समृद्धिको आधार निर्माण गर्ने नयाँ राजनीतिक अर्थशास्त्रको नियम प्रतिपादन गर्नलाई हो कि कसो हो प्रकाश पारिदिनुभए हामी सबै अनुगृहित हुनेथियौं !’, बाबुरामले भनेका छन्।

शनिबार म्याग्दीको बेनीमा आयोजित औद्योगिक महोत्सवमा प्रचण्डलाई ३० किलोको मालाले स्वागत गरिएको हो। कार्यक्रम बोल्दै ‘प्रचण्ड’ले वाम गठबन्धनले नयाँ सरकारको आर्थिक विकास र समृद्धिसम्बन्धि खाकाको गृहकार्य गरिरहेको बताएका छन्।

महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, àहामीले राजनीतिक स्थिरता र विकासको प्रतिवद्धता व्यक्त गरेका छौँ। चुनावी अभियानका क्रममा जनताले विकास र समृद्धिको आकांक्षा बोकेर नै वाम गठबन्धनलाई मतदान गरेका हुन्।’

प्रचण्डले अवाम गठबन्धनको एक मात्र ध्यान विकास र समृद्धि भएको प्रष्ट पारे। ‘नयाँ बन्ने सरकारको विकास र समृद्धिको खाका कस्तो हुन्छ ?’, प्रचण्डले भने, ‘यसबारे हामीले गृहकार्य गरिरहेका छौं, छिटै हामीले ठोस योजना अघि सार्छौं र कार्यान्वयन गर्छौं।’

नेपाल प्रचुर साधन स्रोत र सम्भावना भएको मुलुक भएको बताउँदै प्रचण्डले प्राकृतिक साधनको उपयोग गर्न सक्नुपर्ने बताए। ‘हाम्रा जडीबुटी, जलस्रोत, खनिज, जङ्गल लगायतका प्राकृतिक साधन स्रोतको अधिकतम् प्रयोग गरेर नै हामी विकसित देशमा फड्को मार्न सक्छौं’, अध्यक्ष प्रचण्डले भने, ‘विश्व नै समृद्धिको युगमा प्रवेश गरेका छ। हामीलाई पनि अब ढिलाई गर्ने छुट छैन। जुन प्रतिवद्धता व्यक्त गरेर हामीले निर्वाचन लड्यौं, त्यही प्रतिवद्धताको कार्यान्वयन हाम्रो प्राथमिकता हो।’

बेनीमा आयोजित कार्यक्रममा उनले म्याग्दी जिल्ला पनि जलस्रोत, जडीबुटी र पर्यटनका दृष्टिले निकै ठूलो सम्भावना बोकेको जिल्ला भएको र त्यहीबाट विकासमा अघि बढ्न सकिन्छ।

विचार मिलेकै कारण एमाले–माओवादीबीच एकता हुन लागेको बताउँदै प्रचण्डले पार्टी एकता कसैका विरुद्ध लक्षित नभएको प्रष्ट पारे। ‘विचार मिल्ने पार्टीहरु मिल्दा नै देशको हित हुन्छ। देशको बृहत्तर हितलाई ध्यानमा राखेर नै पार्टी एकताको संकल्प गरेका हौं, हाम्रो एकताका कसैका विरुद्ध लक्षित छैन, यसबाट कसैले शंका लिन जरुरी पनि छैन,’ प्रचण्डले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.