प्रचण्डलाई कसैले प्रधानमन्त्रीमा प्रस्ताव गरेको छैन : विश्वप्रकाश शर्मा

प्रचण्डलाई कसैले प्रधानमन्त्रीमा प्रस्ताव गरेको छैन : विश्वप्रकाश शर्मा

काठमाडौं : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वाम गठबन्धन भत्काउन कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा प्रस्ताव नगरेको बताएका छन्। आइतबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा बोल्दै शर्माले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तर्फ लक्षित गर्दै कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गरेको बताएका हुन्। उनले प्रचण्डको नाम भने लिएनन्।

‘एमाले-माओवादी केन्दबीचको वाम गठबन्धन भत्काउन कांग्रेसले प्रधानमन्त्रीमा कसैलाई प्रस्ताव गरेको छैन’, प्रवक्ता शर्माले भने, ‘सडकमा कसले कुन सन्दर्भमा के बोल्नुभयो भन्ने कुराको जवाफ मैले कांग्रेस प्रवक्ताका रुपमा दिनु उचित हुँदैन। नेपाली कांग्रेस जनताले दिएको म्याण्डेट बमोजिम प्रतिपक्षमा बस्नेतर्फ नै गम्भीरतापूर्वक लाग्छ।’

उनले आधिकारिक रुपमा कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भनेर कुनै निर्णय नगरेको पनि स्पष्ट पारे। उनले एमाले–माओवादीवीच एकता होस् भन्ने पक्षमा नै कांग्रेस रहेको सुनाए। ‘हामी शुभकामना दिन्छौं, उहाँहरुबीच एकता होस्’, उनले भने।

सरकारले चाँडै प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने शर्माको विश्वास छ। शर्माले भने,‘यो सरकारले सबै काम सहमतिबाट गर्न खोजेको छ। तर, जिम्मेवार दलका अध्यक्षले नै यो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबाट सपथग्रहण गर्दैनौं भन्नुभयो, अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति खोजिरहनुभएको छ।’ उनले जाँदै गरेको सरकार भन्दा पनि आउँदै गरेको सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

निर्वाचन समीक्षाका लागि तत्काल केन्द्रीय कार्य समिति बैठक
प्रवक्ता शर्माले निर्वाचन परिणामको समीक्षा गर्न तत्काल केन्द्रीय कार्य समितिको बैठक बस्ने जानकारी दिएका छन्। ‘केन्द्रीय कार्यसमिति बैठक चाँडै बस्छ, हामी आन्तरिक गृहकार्यमा जुटिसकेका छौं, प्रवक्ताको हैसियतमा म फेरि भन्छु, केन्द्रिय कार्यसमिति बैठक बस्छ, कार्यसमितिको बैठकपछि महासमिति हुँदै विशेष महाविधेशनसम्म जान सकिन्छ,’ शर्माले भने।

प्रवक्ता शर्माले पार्टी पराजयको बारेमा गम्भीर समीक्षा गर्नुपर्ने र पार्टीलाई पुर्नजीवन दिलाउनको लागि अब बस्ने केन्द्रीय कार्य समितिको बैठकले ठोस निर्णय लिने पनि बताए।

‘हामी बदलिन्छौं, आवेगमुक्त भएर समीक्षा गर्छौं, किनकी कांग्रेसले पहिलोपटक हार व्यहोरेको होइन, त्यसैले विरामीलाई पहिले अस्पताल पुर्याउनुपर्छ, अनिमात्रै सही उपचार हुन्छ, अस्पताल नै नलगी घरमा राखेर मेडिसिन दिन थालियो भने सही उपचार हुन सक्दैन्।’ उनले कांग्रेसलाई नवजीवन दिने समय आएको पनि बताए।

‘नबदलिने कांग्रेसबाट बिदा हुन्छन्’
शर्माले राजनीति उमेरले भन्दा एजेण्डाले ड्राइभ गर्ने बताए। शर्माले भने, ‘म भन्छु राजनीति उमेर होइन एजेण्डाले ड्राइभ गर्छ।’ उनले आफ्ना अभिव्यक्ति अब पार्टीको अभिव्यक्ति भएको उल्लेख गर्दै भने,‘पार्टीमा जो बदलिन्छन्, तिनीहरुले नेतृत्व लिन्छन्, जो बदलिँदैनन् तीनले बिदा लिन्छन्।’

उनले युवा पुस्ता भन्दा पनि आफू प्रवृत्तिले पार्टीलाई ड्राइभ गर्नुपर्छ भन्ने पक्षमा रहेको सुनाए। उनले भने, ‘युवाहरुले उठाएका धेरै मुद्दाहरु कांग्रेसले सम्बोधन गरेको छ, चुनाव हारेलगत्तै पार्टीले मलाई प्रवक्ता बनायो, यो पनि युवाको माग पूरा भएको भनेर बुझ्न सकिन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.