देवघाटमा श्रद्धालुको घुँइचो

देवघाटमा श्रद्धालुको घुँइचो

देवघाटधाम : प्रसिद्ध तीर्थस्थलका रूपमा चिनिएको देवघाटधाममा माघे संक्रान्तिमा मकर स्नान गर्न भक्तजनको घुइँचो लाग्यो। देवघाटमा सोमबार बिहानैदेखि स्नान र पूजाआजा गर्नेको भीड लागेको थियो। श्रद्धालुले त्रिशूली र कालीगण्डकीको त्रिवेणीमा स्नान गरेर पूजा गरेका थिए। यहाँका मठमन्दिरमा पनि पूजा गर्नेको भीड लागेको छ।

सत्ययुगमा देवताहरू देवघाटमा नुहाउने गरेकाले यसको धेरै महत्व रहेको विश्वास गरिन्छ। त्यसैले मकर संक्रान्तिमा यहाँ स्नान गरी पूजापाठ गर्नाले पाप नष्ट भई पुण्य पाइने, मनोकामना पूरा हुने र मोक्ष पाइने विश्वास छ। तनहुँको भानु नगरपालिका-१३ चन्द्रवतीबाट आएका हर्कमान श्रेष्ठले प्रख्यात धार्मिकस्थल भएकाले स्नान गर्न आएको बताए। ‘यहाँ स्नान गर्दा पवित्र हुन्छ भन्ने विश्वासले गाउँका सबै मिलेर आयौं’, उनले भने।

चितवन, तनहुँ र नवलपरासीको संगमस्थल देवघाटधाममा देशभरबाट र भारतबाट समेत मेला भर्न भक्तजन आएका थिए। देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे मनोकामना पूरा हुने र परिवारमा सुख शान्ति मिल्ने जनविश्वास छ। देवघाट क्षेत्रस्थित मठमन्दिरमा पनि पूजा गर्नेको भीड छ। मकर संक्रान्तिको महीमा रहेको भन्दै देवघाटमा व्रतबन्ध, होम जस्ता शुभकार्य र श्राद्धजस्ता पितृकार्य पनि गरिएका थिए। अघिल्लो दिन देवघाट पुगेका भक्तजनहरूले धर्मशाला, पाल तथा चौतारामा रात बिताएका थिए। देशभरबाट आएका भजन मण्डली नाचगान गरेर रमाइलो गर्दै बसेका थिए। लायन्स क्लब ३२५ का पूर्वगर्भनर घनश्याम भट्टराईले धार्मिक आस्थाको केन्द्र भएकाले देवघाट आएको बताए। ‘नेपालको पौराणिक इतिहास बोकेको स्थानमा आउनु नै उपलब्धि हो’, उनले भने, ‘धार्मिक आस्था भएकाका लागि यो ठूलो पुण्य भूमिमा स्नान गर्दा राम्रै होला भन्ने लागेको छ।’

परापूर्वकालदेखि नै देवघाटमा मकर संक्रान्तिमा विशेष मेला लाग्दै आएको भनाइ छ। अघिल्लो वर्षको तुलनामा यसवर्ष भक्तजनको संख्या थोरै थियो। दुर्घटना हुन नदिन सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली खटिएका थिए। माघे संक्रान्ति मेला भर्न सोमबार ४ लाख देवघाट आउने अनुमान गरिए पनि यसपटक शुक्र अस्त परेकाले भक्तालुको संख्या थोरै भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ।

मेलाका लागि समितिले प्रभावकारी व्यवस्थापन गरेको समितिका अध्यक्ष टंकनाथ पौडेलले बताए। ‘शुक्र अस्त, चिसो मौसम र विभिन्न महोत्सवका कारण भक्तालुको संख्या थोरै भएको हो कि भन्ने लागेको छ’, उनले भने ‘ यहाँ आउने भक्तजनलाई असुविधा नहोस् भनेर व्यवस्थापनको पाटो मिलाएका छौं।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.