राष्ट्रिय सभा उम्मेदवारः बहुविवाह गरेकादेखि पार्टी फेर्ने अवसरवादीसम्म !

राष्ट्रिय सभा उम्मेदवारः बहुविवाह गरेकादेखि पार्टी फेर्ने अवसरवादीसम्म !

काठमाडौं : ख्यातिप्राप्त तथा राष्ट्रिय व्यक्तित्व भएका विज्ञलाई पठाउनु पर्नेमा राजनीतिक दल आफ्ना नेता कार्यकर्तालाई राष्ट्रिय सभाका उम्मेदवार बनाएका छन् ।

अधिकांश उम्मेदवार राजनीतिक दलका नेता र कार्यकर्तासँगै पहुँचवालाका आफन्त तथा नातागोता पनि रहेका छन् । पार्टीमा योगदान दिएका धेरै नेता कार्याकर्ताले उम्मेदवारी नपाएको भन्दै नेतृत्वको चर्को विरोध पनि गरिरहेका छन् ।

कोमल एमालेबाट

एमालेले लोकगायिका कोमल वलीलाई उम्मेदवार बनाएकोमा पार्टीका नेता कार्यकर्ताले आलोचना गरेका छन् । धेरैले अन्य नेताहरु कोमल वलीको तुलना गर्दै समाजिक सञ्जाल रंग्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य वलीलाई एमालेबाट प्रतिनिधि सभा वा प्रदेश सभामा उम्मेदवार बनाउने भनेर पार्टीमा प्रवेश गराइएको थियो ।

प्रतिनिधि सभा वा प्रदेश सभामा उम्मेदवार बनाइएकी वलीलाई अहिले प्रदेश नम्बर ५ को महिला कोटाबाट राष्ट्रिय सभाको उम्मेदवार बनाइएको छ । एमालेले राष्ट्रिय सभामा २९ जनालाई उम्मेदवार बनाएको छ । प्रदेश नम्बर १ बाट पाँच जनालाई उम्मेदवार बनाएको छ ।

यी हुन् एमालेका उम्मेदवार

एमालेबाट प्रदेश १ बाट नैनकला ओझा (महिला), मोरङ, खेम नेपाली (दलित), मोरङ हरिचरण सिवाकोटी (खुला), झापा, परशुमेघी गुरुङ (खुला), संखुवासभा। अगम बान्तवा (अल्पसंख्यक), इलाम छन् ।

प्रदेश २ मा खुला सिटमा एकजना मात्र उम्मेदवार बनाएको छ । प्रदेश २ बाट सप्तरीका सुमन प्याकुरेल (खुला), उम्मेदवार बनाएको छ । प्रदेश ३ बाट ६ जनालाई उम्मेदवार बनाएको छ । प्रदेश ३ बाट पार्वती रावल (महिला), चितवन उदया शर्मा (महिला), काठमाडौं, सिंहबहादुर विक (दलित), सिन्धुपाल्चोक, बलराम बाँस्कोटा (खुला), काठमाडौं, बेदुराम भुसाल (खुला), काठमाडांै, रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर छन् ।

एमालेबाट प्रदेश ४ बाट ४ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश ४ बाट रामबहादुर थापा (अपांगता), स्याङ्जा, गणेश तिमिल्सिना (खुला), पर्वत, शान्ति अधिकारी (महिला), बाग्लुङ र दीपा गुरुङ(महिला), लमजुङलाई सिफारिस गरेको छ।

प्रदेश ५ बाट ४ जना उम्म्मेदवार बनाएको छ । प्रदेश ५ बाट रामलखन हरिजन –दलित), पश्चिम नवलपरासी, खिमलाल भट्टराई (खुला), रुपन्देही, मीना बुढा –महिला), रोल्पा र कोमल वली –महिला), दाङ छन ।

प्रदेश ६ बाट ५ जना उम्मेदवार उठाएको छ । प्रदेश ६ बाट कविता बोगटी –महिला(, हुम्ला, नन्दा शर्मा –महिला), सुर्खेत, नरपति लोहार (दलित), कालिकोट, भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट र ठगेन्द्र पुरी (खुला), पश्चिम रुकुम छन ।

प्रदेश ७ बाट एमाले ४ जनालाई उम्मेदवार बनाएको छ । प्रदेश ७ बाट कमला ओली –महिला(, कैलाली, इन्दु कडेरिया बिष्ट –महिला), कञ्चनपुर, शेरबहादुर कुँवर (खुला), अछाम, चक्रप्रसाद स्नेही –दलित), डडेलधुरा छन ।

आफू नपरेपछि पत्नी उम्मेदवार

माओवादी केन्द्रबाट प्रदेश नम्बर १ बाट बीना पोखरेललाई उम्मेदवार बनाएकोमा नेता कार्यकर्ताबाट आलोचना भएको छ । २०५२ सालमा माअ‍ोवादी जनयुद्ध सुरुवात हुँदा देखि नै भुमिगत जीवन विताएकी पोखरेल पछिल्लो समय पार्टीमा निस्कृय रहेको भन्दै उनको उम्मेदवारको आचोलना भएको हो ।

पोखरेल माओवादीको प्रदेश नम्बर १ का सहईन्चार्ज सावित्रीकुमार काफ्लेकी  श्रीमती हुन् । इमान्दार छविका नेताका रुपमा चिनिने काफ्ले पोखेरलको उम्मेदवारीका कारण आलोचित भएका छन् । राष्ट्रिय सभा उम्मेदवार पोखरेल श्रीमानसँगै जनयुद्धको समयमा नाबालक छोरा छोरी  छोडेर भूमिगत भएकी थिइन् । माओवादीको ललितपुरका नेता हरि दाहालकी श्रीमती गंगा पराजुली समेत राष्ट्रिय सभाको उम्मेदवार भएकी छन् ।

प्रदेश २ को महिला सिटमा उम्मेदवार शशिकला दाहाल र प्रदेश ७ का हरिराम चौधरीलाई मापदण्ड मिचेरै उम्मेदवार बनाइएको छ । दुवैजना प्रदेशसभाका समानुपातिकको बन्दसूचीमा थिए । एमाले र माओवादीको सहमतिमा माओवादीले राष्ट्रिय सभामा १४ उम्मेदवार उठाएको छ ।

यी हुन् माओवादीका उम्मेदवार

प्रदेश १ बाट पोखरेल पोखरेल, प्रदेश २ बाट दाहाल, प्रदेश ३ को खुलातर्फ वरिष्ठ नेता रामबहादुर थापा उम्मेदवार बनाएको छ । त्यस्तै प्रदेश ३ को महिलातर्फ पराजुलीले टिकट पाएकी छन् । प्रदेश ४ बाट नेता दिनानाथ शर्माले खुलातर्फको उम्मेदवार भएका छन् भने दलित कोटामा प्रदेश खीमबहादुर विक उम्मेदवार भएका छन् ।

प्रदेश ५ मा अल्पसंख्यक अपांगको कोटामा राजबहादुर कुँवर र खुलातर्फका चन्द्रबहादुर खड्का उम्मेदवार छन । प्रदेश ६ मा अपांग÷अल्पसंख्यक सिटमा जीवन बुढा, महिला कोटामा युटुल लामा र खुलातर्फ कालिबहादुर मल्लले टिकट पाएका छन । प्रदेश ७ बाट खुलातर्फ हरिराम चौधरी र दलित कोटामा लालिराम लोहारले टिकट पाएका छन ।

कांग्रेसबाट बहुविवाहमा मुछिएका उम्मेदवार

प्रदेश नम्बर ५ बाट कांग्रेसले बहुविवाहको मुद्दामा विवादित रहेका मैकुलाल बालमिकीलाई उम्मेदवार बनाएको छ । तत्कालित कांग्रेस सभापति सुशील कोइरालाले २०७० सालको संविधान सभामा समानुपातिकतर्फ बालमिकीलाई सभासद बनाएका थिए ।

कोइरलाको निधनपछि सभापति शेरबहादुर देउवा निकट भएर उनी राष्ट्रिय सभाको टिकट लिन सफल भएका छन् । कांग्रेसले प्रदेश नम्बर ५ को दलित कोटाबाट बालमिकीलाई उम्मेदवार बनाएको छ ।

माओवादीले आँखा खोसेकाले पनि अवसर पाए

नेपाली कांग्रेसले प्रदेश नम्बर ६ बाट माओवादीले तेजाव छर्किएर दृष्टिविहिन बनाएका गोपाल प्रसाद शर्मालाई उम्मेदवार बनाएको छ । २०५५ साल साउन ११ गते रुकुमको चौरजहारी–११ स्थित माओवादीले शर्माको आँखामा छर्किएर दृष्टिविहिन बनाएका थिए । शर्मालाई उम्मेदवार बनाएर समग्र पार्टीको सम्मान भएको कांग्रेस रुकुमका सभापति प्रेम प्रकाश वलीले बताए ।

देवले पनि पाए मौका

कांग्रेसले विजय गच्छदार नेतृत्वको फोरम (लोकतान्त्रिक) बाट चुनावको मुखैमा कांग्रेसमा आएका जितेन्द्रनारायण देवलाई प्रदेश २ को खुला सदस्यको उम्मेदवार बनाइएको छ । कांग्रेसले ५६ राष्ट्रिय सभाको सिटमा २२ सिटमा मात्रै उम्मेदवार दिएको छ ।

यी हुन् का‌ंग्रेसका उम्मेदवार

प्रदेश नम्बर १,२ र ३ मा २-२ जना गरी ६ जना उम्मेदवार बनाएको छ । प्रदेश ४,५,६ र ७ मा ४÷४ जना गरी १६ जना उम्मेदवार बनाएको छ । प्रदेश १ बाट रमेशजंग रायमाझी, (खुला) र सरिता प्रसाई (महिला) उम्मेदवार बनाएको छ । प्रदेश २ मा जीतेन्द्रनारायण देव (खुला) र मुक्ताकुमारी यादव (महिला) तथा प्रदेश ३ मा राधेश्याम अधिकारी, काठमाडौं (खुला) र धना खतिवडा, ललितपुर (महिला) उम्मेदवार बनाएको छ ।

त्यस्तै प्रदेश ४ बाट सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा राना मगर (महिला), जितबहादुर नेपाली –दलित), प्रकाश पन्त (अपांग) लाई उम्मेदवार बनाएको छ । । यस्तै, प्रदेश ५ बाट दुर्गाप्रसाद उपाध्याय (खुला) अनिता देवकोटा –महिला), मैकुलाल वाल्मीकि, (दलित) र लुटबहादुर खत्री (अपांग) उम्मेदवार बनेका छन ।

प्रदेश ६ बाट उम्मेदवार बन्नेमा विष्णुबहादुर शाही (खुला), सूर्यदेवी मल्ल –महिला), सीताराम विक –दलित) र गोपालप्रसाद शर्मा (अपांग) छन् भने बद्री पाण्डे (खुला), तारादेवी भट्ट (महिला), शेरिराम पार्की –दलित) र छत्रराज जोशी (अपांग) प्रदेश ७ बाट राष्ट्रियसभाका लागि उम्मेदवार भएका छन् ।

राजपा र फोरमका २-२ उम्मेदवार

कांग्रेससँग सहकार्य हुने भएपछि प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टीले २ जनालाई मात्रै उम्मेदवार बनाएको छ । उसले वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाल र उपाध्यक्ष रमेश यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । लाल प्रदेश २ को अल्पसंख्यक र यादव खुलातर्फ उम्मेदवार छन् ।

संघीय समाजवादी फोरमले प्रमिला यादव र रामप्रित पासवानलाई उम्मेदवार बनाएको छ । प्रदेश नम्बर २ बाट महिलामा यादव र दलित कोटामा पासवानलाई उम्मेदवार बनाएको छ ।

जनमोर्चाका ३ उम्मेदवार

राष्ट्रिय जनमोर्चाले माघ २४ हुने राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार बनाएको छ । जनमोर्चाले प्रदेश नम्बर ४ बाट दुई जना र प्रदेश ५ बाट एक जना गरी तीन जनालाई उम्मेदवार बनाएको हो ।

उसले प्रदेश ४ बाट खुलातर्फ कृष्ण अधिकारी र महिलाततर्फ मिना पुनलाई उम्मेदवार छन् भने प्रदेश ५ बाट खुलातर्फ रश्मिराज नेपालीलाई उम्मेदवार बनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.