रुकुम पूर्वमा सदरमुकाम सार्ने निर्णयविरुद्ध प्रदर्शन

रुकुम पूर्वमा सदरमुकाम सार्ने निर्णयविरुद्ध प्रदर्शन

रुकुमकोट : नयाँ जिल्लाको रुपमा थपिएको रुकुम पूर्वको प्रस्तावित सदरमुकाम भनिएको रुकुमकोटबाट रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-१२ गोलखाडामा सार्ने गरी बिहीबार बसेको मन्त्रिपरिषद्ले गरेको  निर्णको विरोधमा रुकुमकोट र आसपासका स्थानीय बिहीबार रातिदेखि नै विरोधमा उत्रिएका छन् ।

सदरमुकाम सार्ने निर्णय भएलगत्तै सदरमुकाम रुकुमकोट नै उपयुक्त हुने भन्दै सरकारले गरेको निर्णयले रुकुम पूर्वका जनतालाई अन्याय भएको भन्दै रातिदेखि रुकुमकोटमा विरोध पर्दशन सुरु भएको हो । स्थानीय हरिकृष्ण गौतमका अनुसार सरकारको निर्णयको विरोधमा रुकुम पूर्वमा आम हड्ताल घोषणा गरिएको छ । विरोध पर्दशनसँगै जिल्लामा रहेका सबै सरकारी कार्यालयमा तालावन्दी गरिएको छ। प्रर्दर्शनकारीले प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका छन् । सरकारले गरेको निर्णयको विरोधमा स्थानीय जनप्रतिनिधिसमेत सहभागी भएका छन् ।

रुकुम पूर्व जिल्लामा पुथा उत्तरगंगा गाउँपालिका, भुमे गाउँपालिका र सिस्ने गाउँपालिका गरी तीन वटा स्थानीय तह रहेका छन् । हाल सदरमुकाम रहेको रुकुमकोट सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा पर्छ भने सरकारले निर्णय गरेको पुथा उत्तरगंगा गाउँपालिका-१२ साविक कोल गासविसको वडा नं. २ मा पर्छ।

रुकुम जिल्लाको पुरानो सदरमुकाम रुकुमकोट रहेकोमा २०३० सालमा हाल रुकुम पश्चिमको सदरमुकाम रहेको मुसीकोटमा सारिएको थियो । त्यसपछि रुकुम दुई भागमा बाडिएपछि रुकुम पूर्वको सदरमुकामकारुपमा रुकुमकोटलाई प्रस्ताव गरी बिभिन्न सरकारी कार्यालय स्थापाना गरी अन्य भौतिक पूर्वाधारको निर्माणसमेत थालिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.