ओली र प्रचण्डबीच गोप्य वार्ता, भोलि कार्यदल बस्ने

ओली र प्रचण्डबीच गोप्य वार्ता, भोलि कार्यदल बस्ने

काठमाडौं: पार्टी एकतालाई निचोडमा पुर्‍याउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार राति गोप्य वार्ता भएको छ ।

पोखरामा भएको सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गरेर एमाले अध्यक्ष ओली काठमाडौँ फर्किएपछि शुक्रबार राति दुई नेताबीच गोप्य वार्ता भएको हो ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले एकता स‌ंयोजन समितिका सदस्यहरु सुवास नेम्बाङ र रामबहादुर थापा 'बादल' बाट ब्रिफिङ लिएपछि दुई नेताबीच राजधानीको गोप्य स्थानमा वार्ता भएको हो ।

संयोजन समितिमा रहेका दुवै नेताले ब्रिफिङ गरेपछि ओली र प्रचण्डबीच शुक्रबारै राति गोप्य वार्ता भएको स्रोतले जनाएको छ । दुई नेताबीच भएको वार्ताबारे दुवै पार्टीका नेताहरुले केही खुलाएका छैनन् ।

तर, पार्टी एकतालाई निचोडमा पुर्‍याउन भन्दै दुई नेताबीच छलफल भएपछि प्रचण्ड शनिबार बिहान चितवन लागेका छन् । ओली भने शनिबार दिउँसो काठमाडौँमै पार्टीको एउटा कार्यक्रम सहभागी भएका छन् ।

कार्यदल आइतवार बस्दै

यी दुई नेताको छलफलपछि राष्ट्रियसभा निर्वाचन र प्रादेशिक सरकार गठनका लागि सहमति खोज्ने जिम्ममा पाएको वाम गठबन्धनको कार्यदल बैठक आइतबार बिहान बस्दैछ ।

प्रदेश सरकारको मुख्यमन्त्री टुंग्याउन कार्यदल बस्न लागेको हो । दुई शीर्ष नेताले निर्देशन दिएपछि एमाले र माओवादी केन्द्रको कार्यदल बस्न लागेको हो ।

यो कार्यदलले यसअघि राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँट सहमतिबाटै टुंग्याएको थियो । अब प्रादेशिक सरकार गठन समेत सहमतिबाटै टुंग्याउने जिम्मा कार्यदलले पाएको छ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बिहान ११ बजे बस्ने कार्यदलको बैठकले प्रदेश सभाका मुख्यमन्त्री बाँडफाँट गर्ने बताइएको छ ।

एमालेले प्रदेश १, प्रदेश ३, प्रदेश ४ र प्रदेश ५ मा मुख्यमन्त्रीको दाबी गरेको छ । माओवादीले भने प्रदेश ६ र ७ मा मुख्यमन्त्री आफ्नो पार्टीबाट हुनुपर्ने अडान लिएको छ । एमालेको प्रदेश ६ स्तरीय कमिटिले भने यहाँ पनि आफूले मुख्यमन्त्रीको दाबी गरेको छ ।

प्रदेश सरकारका लागि कार्यदलले चुनावी परिणामपछिको स्थिति, उम्मेदवारको योग्यता र जातीय सन्तुलन पनि ध्यान दिँदै मुख्यमन्त्रीको टुंगो गर्ने बताइएको छ। प्रदेश मुख्यमन्त्रीसँगै कार्यदलमाथि प्रदेश सभामुख, उपसभामुख र मन्त्रीको टुंगो गर्ने जिम्मेवारी पनि छ ।

दुई दलीय कार्यदलले यसअघि नै प्रदेशमा रहेका कुल सांसदको १० प्रतिशतको मात्र प्रदेश मन्त्रिमण्डल गठन गर्ने सहमति जुटाएको थियो । सातवटा प्रदेशमा प्रादेशिक सरकार हुने भएकाले आर्थिक भार सकेसम्म कम गर्ने रणनीति अनुरुप कार्यदलले मन्त्रिमण्डल सानो बनाउने सहमति गरेको हो ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले कार्यदलमा रहेका सदस्यहरुलाई बोलाएर प्रदेश सरकार निर्माणका लागि आवश्यक काम थाल्न शुक्रबार साँझ निर्देशन दिएका थिए । पार्टी एकताको गतिलाई सघाउने गरी कार्यदलले मुख्यमन्त्री र अन्य पदहरुको बाँडफाँट गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.