अन्नपूर्णको ग्राहक बुटवलको प्रकाश मेट्रियल बन्यो लखपति
काठमाडौं : अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक योजनाअन्तर्गत लक्की ड्रबाट बुटवल संगमपथस्थित प्रकाश मेट्रियल कलेक्सनले नगद एक लाख रुपैयाँ जितेको छ।मेरो माइक्रो फाइनान्स बित्तिय संस्था लिमिटेडका सिइओ रामहरि दाहालले आइतबार गरेको लक्की ड्रबाट रसिद नम्बर ९७३७ को प्रकाश मेट्रियल कलेक्सनले नगद एक लाख रुपैयाँ जितेको हो।
हरेकदिन गरिने लक्की ड्र को एपीवान टेलिभिजनले प्रत्यक्ष प्रशारण गदै आइरहेको छ। पाठकलाई वार्षिक ग्राहक योजनाको बारेमा जानकारी गराउँदै ग्राहक संकलन गर्नका लागि देशभर सेल्स अफिसरको छुट्टाछुट्टै टोली परिचालन गरिएको छ।
अन्नपूर्ण पोस्ट्ले देशभर संचालन गरिरहेको वार्षिक ग्राहक योजनामा सहभागी हुने पाठकले तीन हजार चार सय रुपैयाँ तिरेर अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक बन्नासाथ हातहातै इलेक्ट्रोनिक्स् ब्लर्ड प्रेसर मेसिन (बिपी मेसिन) उपहार पाउनेछन्। साथ हरेक दिन एक जना वार्षिक ग्राहकले लक्की ड्रमार्फत् नगद १ लाख रुपैयाँ उपहार पानेछन्।
लक्की ड्र गरेर विजेता घोषणा गर्दै मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सिइओ रामहरि दाहाल। तस्बिर : अन्नपूर्ण