बर्दियामा प्रजातन्त्र दिवस

बर्दियामा प्रजातन्त्र दिवस

बर्दिया : ६८ औं प्रजातन्त्र दिवसको अवसरमा आयोजित घैटो फोड्ने प्रतियोगितामा शसस्त्र प्रहरी सीमा सुरक्षावल सुरजपुरकी खेलाडी वसन्ती रोकायले फोडेपछि प्रथम भएकी छिन्। उक्त खुला घैटोफोड प्रतियोगितामा धेरैले भाग लिएका थिए।

दिवसकै अवसरमा कुर्सीरेस, महिला तथा पुरुष दौड प्रतियोगिता पनि आयोजना गरिएको गुलरिया नगरपालिकाका अधिकृत कपिल घिमिरेले बताए। उनले भने कुर्सी रेसमा स्मृति धामी, महिला तर्फको दौडमा जयरानी चौधरी र पुरुष तर्फको दौडमा चुडामणी योगी प्रथम भएका छन्।

दौड प्रतियोगितामा प्रथम हुनेलाई १ हजार २ सय र घैटोफोड तथा कुर्सीरेस प्रतियोगिताका प्रथम खेलाडीलाई ५ सय रुपैया नगद तथा प्रमाण पत्र प्रदान गरिएको छ।

पुरुषतर्फको दौडमा चक्रबहादुर चन्द द्वितिय, गणेशबहादुर खड्का तृतिय भएका छन्। भने महिलातर्फको दौडमा निरमाया बखरिया द्वितिय र पुजा चौधरी तृतिय भए। कुर्सी रेसमा किरण चौधरी द्वितिय र सीमा चौधरी तृतिय भएका छन्।

प्रजातन्त्र दिवसको अवसरमा बर्दियामा तिन दिन मनाईने प्रजातन्त्र दिवस मुल आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख शंकरप्रसाद थारुले वताए। उनले भने हामीले दिवसकै अवसरमा प्रभातफेरी गर्दै जिल्ला अस्पताल बर्दियामा रहेका विरामीलाई फलफुल वितरण गर्यौं।

प्रजातन्त्र दिवसको अवसरमा फागुन ६, ७ र ८ गते सरकारी कार्यालय, संघसंस्था लगायत घरघरमा दीपावली गर्ने कार्यक्रम रहेको बताए। गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा वोल्दै मेयर यादवले भने प्रजातन्त्र संस्थागत गरेमात्र शहीदहरुको सपना पूरा हुन्छ। प्रजातन्त्र दिवसको अवसरमा गुलरिया नगरपालिकाले नगरभित्रका कार्यक्रम गर्न सहयोग गरेको थियो।




प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.