भूकम्प पीडितलाई धनीपुर्जा
नुवाकोट : रसुवाको उत्तरगया गाउँपालिका –४ पैरेबेँसीका आठ परिवारलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको छ । साथै जोखीमयुक्त बस्ती स्थानान्तरण प्रक्रियाका बारेमा भुकम्प पीडितसँग छलफल समेत गरिएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष उपेन्द्र लम्साल, वडाध्यक्ष केसरबहादुर बुलुनलगायतले गाउँपालिकाले भूकम्प पीडितको पुनर्वासलाई पहिलो योजनामा राखेको बताए । सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र जिल्ला भूमि अधिकार मञ्च, रसुवाले स्थानीय तह र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग समन्वय तथा सहकार्य गरी विस्थापित बस्तीको पुनर्वास गराउने प्रक्रियामा सहयोग गरिरहेको छ ।