भिरबाट लडेर बालकको मृत्यु
फुङलिङ : ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेमा एक बालकको लडेर मृत्यु भएको छ । वीरबहादुर इजमका १४ वर्षीय छोरा राजकुमार इजमको गाउँकै सयपत्री सामुदायिक वनमा लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
घटना शनिबार दिउँसो नै भएपनि आइतबार बिहानमात्र खबर आएकाले र घटनास्थलमा प्रहरी पुगेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको समेत प्रहरी कार्यालयको सञ्चार शाखाले जानकारी दिएको छ ।