सर्वोच्चले कान्तिपुर पब्लिकेशनलाई बयानमा बोलायो

सर्वोच्चले कान्तिपुर पब्लिकेशनलाई बयानमा बोलायो

काठमाडौं : सर्वोच्च अदालतले अदालतको अवेहलनासम्बन्धी मुद्दामा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र प्रधान सम्पादक सुधिर शर्मासहित पाँचजनालाई तीन दिनभित्र बयानमा हाजिर हुन आदेश दिएको छ।

सर्वोच्चमा विचाराधीन मुद्दामा अनावस्यक समाचार प्रकाशन गरी प्रधानन्यायाधीशको न्याय सम्पादन कार्यमा अवरोध र न्यायपालिकामा विचलन ल्याउने कार्य गरेको दाबीसहित दायर मुद्दामा बयानका लागि डाकिएको हो।

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अवहेलनामा कारबाही र सजाय गर्न नपर्ने भए म्याद थाम्न नपाउने गरी ‘समाह्वान’ प्राप्त भएको मितिले तीन दिनभित्र बयानमा हाजिर हुन आदेशमा भनेको छ। कान्तिपुर पब्लिकेसन्सविरुद्ध अवहेलनामा कारवाहीका लागि अधिवक्ता तोयानाथ ढुंगानाले अघिल्लो साता मुद्दा दिएका थिए।

‘संविधानको धारा १७ को उपधारा (२) को देहाय (क) मा विचार र अभिव्यक्तिको स्वतन्त्रता एवम् धारा १९ को उपधारा (१) ले सञ्चारको हकको प्रत्याभूति गरिएको भएता पनि ति हकहरु निरपेक्ष छैनन्,’ आदेशमा भनिएको छ, ‘ति हकको प्रयोग गर्दा सार्वजनिक शिष्टाचार एवम् नैतिकताको प्रतिकुल नहुने गरी र अदालतको अवहेलना नहुने गरी गर्नुपर्ने स्पष्ट सीमा संविधानमा निर्धारण गरिएको छ।’

आदेशमा समाचारका कारण प्रथम दृष्टिमा नै अदालतप्रति अनास्था पैदा गरी अनुचित र भ्रम सृजना गर्दै स्वतन्त्र न्यायपालिकालाई कमजोर बनाइएको उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.