मधुवन नगरपालिका कार्यालयमा शक्तिशाली विष्फोट

मधुवन नगरपालिका कार्यालयमा शक्तिशाली विष्फोट

बर्दियाः मधुवन नगरपालिकाको कार्यालयमा शक्तिशाली बम विष्फोट भएको छ । अज्ञात समुहले बम विष्फोट गराएपछि नगरपालिकाको कार्यालय रहेको पुरानो भवनमा क्षति पुगेको हो ।

विष्फोटबाट नगरपालिका कार्यालयको सिसाको झ्याल फुटेर क्षति भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनले भने, ‘अज्ञात समूहले विष्फोटक पदार्थ राखेको हुनसक्छ ।’

आइतवार वेलुकी पौने ६ बजे एक्कासी नगरपालिका कार्यालयमा विष्फोट भएपछि मधुवनका स्थानीय त्रसित बनेका छन् । नगरपालिकामा बम विष्फोट गराउने समूहबारे अनुसन्धान भइरहेको खड्काले बताए । स्थानीयको भनाई उधृत गर्दै उनले भने, ‘एक व्यक्तिले विष्फोटक पदार्थ राखेर जानेवित्तिकै विष्फोट भएको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.