जुत्ता सिलाएरै राजधानीमा घर

जुत्ता सिलाएरै राजधानीमा घर

 

जुम्ला : जुत्ता सिलाउने पुख्र्यौली पेसालाई व्यावसायिक बनाउँदा भगवती गाउँपालिका–६ दैलेखका नन्दे सार्की मनग्गे आम्दानी गरेका छन्। उनले जुत्ता सिलाउन थालेको १५ वर्ष भयो। यस अवधिमा उनले आफ्नो कमाइबाट परिवार मात्रै पालेका छैनन्, प्रदेश ६ को अस्थायी राजधानी सुर्खेतमा पक्की घरसमेत बनाएका छन्।

कालिकोटबाट सुरु भएको उनको पेसा २०५८ देखि जुम्लामा स्थापित भयो। सुरुसुरुमा जुत्ता सिलाई पेसाबाट असन्तुष्ट सार्की अहिले उक्त पेसाबाट जुत्ता सिलाइबाट भने खुसी छन्। अहिले उनलाई जुत्ता सिलाएरै सबै घरपरिवारको पालनपोषणमा सहयोग पुगेको छ।

पेसा फस्टाउँदै गएपछि त्यसबाट प्राप्त आम्दानीले उनले राजधानीमा पक्की घर बनाएका हुन्। प्रत्येक महिना जुत्ता सिलाएरै ९० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको उनले सुर्खेतमा तीनतले पक्की भवन निर्माण गरेका छन्।

दुई छोरा, दुई छोरी, श्रीमती र आफूसहित ६ जनाको उनको परिवार अहिले जुत्ता सिलाउने काममै व्यस्त रहन्छन्। यसबाट सार्कीले छोराछोरीलाई उच्चशिक्षा अध्ययन गराएका छन्। जुत्ता सिलाएर उनले जेठा छोरालाई हेल्थ असिस्टेन्ट (एचए) तेस्रो वर्ष बढाइरहेका छन्। माइली छोरी आईएससी एजी अध्ययन गरिरहेकी छिन्। अन्य दुई छोराछोरी पनि जुम्लाकै नाम चलेका निजी विद्यालयमा अध्ययन गरिरहेका छन्।

सुरुमा कमाइ राम्रो थिएन। तर अहिले राम्रो भएको छ। पुख्र्यौली कामलाई व्यावसायिक बनाउन सकेकोमा खुसी छु।
नन्दे सार्की

‘सुरुमा जुत्ता सिलाउने पेसाबाट सन्तुष्ट थिइनँ, यस पेसालाई सबैले हेयका दृष्टिले हेर्थे, कमाइ पनि खासै राम्रो थिएन’, उनले भने, ‘बिस्तारै व्यवसाय फस्टाउँदै गयो, अहिले सुर्खेतमा पक्की घर बनाइसकेको छु। पुख्र्यौली कामलाई व्यावसायिक बनाउन सकेकोमा गर्व छ।’

अहिले नन्दे सार्कीले उत्पादन गरेका जुत्ताका नियमित ग्राहक जुम्लामा धेरै भईसकेका छन्। ‘मेरा नियमित ग्राहकको सेवा गर्दै दिन जान्छ, अब त ग्राहक नै परिवारजस्तो लाग्छन्, एक दिन पसल बन्द गर्दा पनि परिवारसँग छुटेजस्तो लाग्छ’ उनले भने।

 

जुत्ता सिलाउँदै नन्दे सार्की। नन्दराम जैसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.