स्याङ्जा भीरकोट नगरपालिका : नगरप्रमुख नै खोला सफाइमा

स्याङ्जा भीरकोट नगरपालिका : नगरप्रमुख नै खोला सफाइमा

 

स्याङ्जा : भीरकोट नगरपापिलका नगरप्रमुख छायाराम खनाल हातमा सेतो पञ्जा लगाएर खादीखोलातर्फ लम्किए। खोलामा पुगेपछि प्लास्टिकलगायत खोलामा फ्याँकिएका फोहोरमैला उठाउँदै बोरामा राखे। शनिबार बिहानभर प्रमुख खनाल यसरी नै खोला सफाइमा जुटे। उपप्रमुख सीमा कर्माचार्य, प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगाना, वडाध्यक्षलगायत अन्य सहभागी पनि प्रमुख खनालसँगै खोलामा झरेर प्रमुखले झैं फोहोर उठाउन थाले।

सबै जना खोलामा पसेर फोहोर संकलन गर्दा २ ट्रक फोहोर जम्मा भयो। नगरपालिकाको ट्रक आएर संकलित सबै फोहोर उठाएर लग्यो। अन्तत : खादीखोलाको केही भाग सफा देखियो अडिएको पानी बग्न थाल्यो। शनिबार कार्यालयमा सेवाग्राही नआउने दिन पारेर नगरपालिकाले सरसफाइ गरेको हो। नगर प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, सुरक्षा निकाय, विभिन्न संघसंस्थाले पनि सरसफाइ सबैको जनहितको लागि भएको जनाउँदै नगरपालिकाको अभियानलाई साथ दिए। सबै मिलेर फोहोर झिकेपछि एकाएक खोला पनि सफा देखियो।

केही वर्षअघि बयरघारीबासीको खानेपानीको स्थलको रूपमा चिनिएको खादी खोला अहिले फोहोरमैला फाल्ने थलोमा परिणत भएपछि भीरकोटवासी सरसफाइमा जुटेका हुन्। नगरपालिकाको मुख्य भाग बयरघारी बजारको मध्यभाग भई बग्ने खादीखोलाको सरसफाइमा नगरबासी जुटेर सफा पनि बनाए। नगरपालिकाले मासिक रूपमा सरसफाइको अभियान सुरु गरेको नगरप्रमुख खनालले जानकारी दिए। खनालले खादीखोलाको फोहोर झिकेर नियमित सरसफाइ अयिभानको सुरुवात गरेको बताए।

 केही वर्षअघि बयरघारीबासीको खानेपानी स्थलको रूपमा चिनिएको खादी खोलामा अहिले फोहोरमैला थुपारिएपछि भीरकोटवासी सरसफाइमा जुटेका हुन्।

भीरकोट नगरपालिका २ बायाखोलामाथि मुहान भई बगेको खादीखोला, ओसेकबाट आउने अर्लौदीखोला र जगतपुरबाट आउने च्याङ्दीखोला मिसिएर खादीखोला बनेको हो। खादीखोला मुहानदेखि बालज्योति स्कुलसम्म करिब २ किलोमिटर खोलाको दायाँबायाँ सरसफाइ गरिएको छ। भीरकोट नगरपालिकाद्वारा आयोजित सरसफाइ अभियानलाई सन्त निरङकारी मण्डल बयरघारीले समेत सहयोग गरेको वडा नं १ का वडाध्यक्ष दीपेन्द्र केसीले बताए।

खादीखोलाले बयरघारीका केही फाँटलाई सिञ्चित गर्दै आएको छ। खादीखोला–छाङ्छाङ्दी हुँदै पुनः आँधीखोलामा मिसिएर बग्ने गर्छ।

अव्यवस्थित सहरीकरणले खोलानाला फोहोर र दुर्गन्ध बढ्दै जाँदा बयरघारी बजारको पुरानो स्वरूप नै परिवर्तन भएको स्थानीयको भनाइ छ। बजारको मुटुको रूपमा खादीखोलालाई पहिलाको जस्तै स्वच्छ, सफा र दुर्गन्धरहित बनाउन नियमित सरसफाइ गर्नुपर्ने बताउँछिन् नगरउपप्रमुख सीमा केसी कर्माचार्य। स्वच्छ, सफा सहर बनाउन सरसफाइ अभियानको थालनी गरिएको र खादीखोलालाई पुरानै अवस्थामा फर्काउन नगरपालिकाले काम थालेको हो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.