चट्याङबाट आगलागी हुँदा तीन चौपाय मरे
संखुवासभा : संखुवासभाको पाँचखपन नगरपालिका–८ को पोर्खाङमा सोमबार बिहान परेको चट्याङबाट तीन पशुचौपायसहित घर जलेर पूर्णरुपमा नष्ट भएको छ।
बिहान सबेरै आएको हावाहुरीसँगै चट्याङ पर्दा घर नजिक बाँधेर राखेको दुई भैंसी र एउटा गाईसहित घर पूर्णरुपमा जलेर नष्ट भएको छ। नयन्द्रबहादुर न्यौपानेको घरमा परेको सो चट्याङबाट मानवीय क्षति भने भएको छैन ।
अहिलेसम्म के कति क्षति भएको भन्ने विवरण नआएको स्थानीय सिहेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक शुरबहादुर राईले जानकारी दिए। अहिले सो आगो नियन्त्रणमा आएको छ। रासस