सुशासन कायम गर्न मुख्यमन्त्रीका ११ प्रतिबद्धता

सुशासन कायम गर्न मुख्यमन्त्रीका ११ प्रतिबद्धता

जनकपुरधाम : प्रदेश २ मा सुशासन कायम गर्न मुख्यमन्त्रीका तर्फबाट ११ बुँदे प्रतिबद्धता सार्वजनिक भएको छ। मुख्यमन्त्री मो. लालबाबु राउतले आइतबार पत्रकार सम्मेलन गरी प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।

‘यो प्रदेशभित्र पूर्णरूपमा सुशासन कायम गरिनेछ’, उनले भने, ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइनेछ।’

प्रदेश सरकारसँग ऐन–कानुन नै नभएको अवस्थामा सुशासनको प्रतिबद्धता कसरी पूरा होला भन्दै सञ्चारकर्मीले जिज्ञासा राखेका थिए। ‘हामीले शून्यबाट आरम्भ गर्नुपर्नेछ। कुनै पनि कामका लागि नीति र योजना आवश्यक हुन्छ’, उनले जवाफ दिए, ‘स्पष्ट नीति भयो भने सोहीअनुसार ऐन कानुन बनाएर कार्यसम्पादन गर्न सकिन्छ।’

उनले दुई वा तीन दिनभित्र मन्त्रिमण्डल विस्तार गरी प्रदेश सरकारको कामले तदारुकता पाउने जानकारी दिए।

नीतिगत रूपमा गरिने भ्रष्टाचार स्वीकार्य नहुने स्पष्ट पादै उनले प्रदेशको दैनिक प्रशासनमा ढिलासुस्ती नसहने बताए। सेवाग्राहीका काम सरकारी कर्मचारीले २४ घण्टाभित्र पूरा गर्नुपर्ने, २४ घण्टामा काम पूरा गर्न नसक्ने भए त्यसको कारण सेवाग्राहीलाई खुलाउनुपर्ने मुख्यमन्त्रीको प्रतिबद्धतामा उल्लेख छ।

सेवाग्राहीको हितका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत ‘हेल्लो प्रदेश सरकार’को स्थापना गरिने भएको छ। इमेलबाट पनि जनताले आफ्ना गुनासा मुख्यमन्त्री कार्यालयमा पठाउन सक्ने र ती गुनासामाथि तत्काल कारबाही गर्ने प्रतिबद्धता मुख्यमन्त्रीले व्यक्त गरेका छन्। गुनासोउपर के कारबाही भयो भन्ने जानकारी उजुरीकर्तालाई दिइनेछ। जनतासँग प्रत्यक्ष संवाद हुने प्रकारका कार्यक्रमका लागि सञ्चारमाध्यम प्रयोग गर्ने जनाइएको छ।

मुख्यमन्त्री जनताका घरदैलोमा गई प्रदेश सरकारप्रति रहेका गुनासा सुन्ने र ती गुनासाको सम्बोधन गरिने भएको छ। दैनिक उपभोग्य वस्तु र सेवामा हुने कालाबजारी वा महँगी नियन्त्रणका लागि प्रभावकारी रूपमा बजार अनुगमन गरिने उनले बताए। अनियन्त्रित तथा अवैध रूपमा भइरहेको मदिरा बेचबिखन तथा सेवनलाई नीति बनाई नियन्त्रण गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ। वनजन्तु तस्करी, प्राकृतिक स्रोतसाधन दोहन तथा वन फडानी तत्काल रोक्ने प्रतिबद्धतासमेत जनाइएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.