खुकुरी प्रहारबाट युवक घाइते
भोजपुर : भोजपुरको षडानन्द नगरपालिका-९ किमालुङस्थित खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। स्थानीय अन्दाजी ३० वर्षीय मिलन राईले शनिबार राति १० बजे सोही स्थानकै १९ वर्षीय दिनेश बस्नेतलाई पुरानो व्यक्तिगत रिसिबीको कारण देखाउँदै खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बस्नेतलाई प्राथमिक स्वास्थ्य चौकी किमालुङमा उपचार हुन नसकेपछि थपउपचारका लागि खाँदबारी पठाइएको ईलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । खुकुरी प्रहार गर्ने राईलाई खुकुरीसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि सोमबार जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीको भनाइ छ ।