एकै परिवारको सहयोगमा बन्यो तीनकोठे भवन

 एकै परिवारको सहयोगमा बन्यो तीनकोठे भवन

सन्धिखर्क: अर्घाखाँची भुमिकास्थान नगरपालिकामा टोमबहादुर घर्ती मगरको परिवारले स्कुललाई सहयोग गरेको रकमबाट तीनकोठे भवन निर्माण भएको छ।उनको परिवारले भवन निर्माणका लागि ३१ लाख ५७ हजार ३ सय २० रुपैयाँ सहयोग गरेका थियो।

भुमिकास्थान नगरपालिका ४ फलाम खिल्जीको लक्ष्मी आधारभुत विद्यालयमा स्थानीय टोमबहादुर घर्ती मगरको परिवारको आर्थिक सहयोगमा तीन कोठे पक्की भवनको निर्माण भएको हो।

फलामखिल्जी घरभइ हाल जापानमा व्यवसाय गर्दै आएका टोमबहादुर घर्ती मगर , उनकी श्रीमती रेककला घर्ती मगर र छोरा ज्योतिष घर्ती मगरको ३१ लाख ५७ हजार ३ सय २० रुपैयाँ सहयोगमा भवन निर्माण सम्पन्न भएको स्थानीय समाजसेवी झविलाल थापाले बताए।

आफू पढेको विद्यालयको जीर्ण भवनमा असुरक्षितरुपमा सानासाना भाइबैनी पढ्दै गरेको देख्दा भवन निर्माणमा सहयोग गरेको ज्योतीष घर्तीले बताए।

मलाई यहाँसम्म ल्याई पुर्‍याउने विद्यालयलाई सानै भएपनि आर्थिक सहयोग गरेको जानकारी दिए। नव निर्मित विद्यालय भवनको उद्घाटन गर्दै भुमिकास्थान नगरपालिकाका प्रमुख रेशमबहादुर थापाले विद्यालयलाई सहयोग गर्ने टोमबहादुर घर्ती मगरको परिवारलाई धन्यवाद दिए।

उनले शैक्षिक क्षेत्रमा उहाँको परिवारले पुर्‍याएको योगदान अत्यन्तै महत्वपूर्ण भएको भन्दै सहयोगको उच्च मुल्याङ्कन गर्दै परिवारको प्रशंसा गरे । जिल्ला शिक्षा अधिकारी लिलाबहादुर राउत क्षेत्रीले विदेशमा पसिना बगाएर कमाएको रकमबाट विद्यालय भवन निर्माण गर्नु सामान्य कुरा नभएको उल्लेख गर्दै बालबालिकालाई सुविधा सम्पन्न भवनमा सहज र सुरक्षित तवरबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण सिर्जना गरिदिएकोमा सहयोगी दाताहरुलाई धन्यवाद दिए।

सहयोग गर्ने परिवारका तीनैजना दाताहरुलाई जिल्ला शिक्षा अधिकारी लिलाबहादुर राउत क्षेत्री, भुमिकास्थान नगरपालिकाका प्रमुख रेशमबहादुर थापालगायतका विशिष्ट अतिथिहरुले टिका, माला दोसल्ला तथा प्रशंसा पत्रले सम्मान गरेका थिए ।

school-2

 विद्यालयलाई आर्थिक सहयोग गर्ने टोमबहादुर घर्तीमगरकाे परिवारलाई सम्मान गरिंदै।तस्बिर :प्रेमनारायण आचार्य


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.