डोटीमा देवीदेवताका आकृति देखिने अनौठो गुफा भेटियो (फोटोसहित)

डोटीमा देवीदेवताका आकृति देखिने अनौठो गुफा भेटियो (फोटोसहित)

डोटी : डोटीमा एउटा अनौठो गुफा फेला परेको छ। आदर्श गाउँपालिका–२ कालिकास्थान साउनकाँडाको गिठागौणा जङ्गलमा गुफा फेला परेको हो। गुफा अनौठो रहेको र संरक्षण तथा प्रचार–प्रसारको पर्खाइमा रहेको स्थानीयले बताएका छन्।

विगत लामो समय अगाडि नै गोठालाले उक्त गुफा फेला पारेको भएपनि प्रचार–प्रसार हुन नसकेकाले संरक्षणको अभावमा रहेको थियो। प्रचार–प्रसार र संरक्षण हुनसके पर्यटकीय क्षेत्र बन्न सक्ने स्थानीयहरु बताउँछन्। करिब छ महिना पहिले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर स्थानीय समाजसेवी मानबहादुर खड्काले गाउँका बुढापाका, धामी, पूजारी लगायतका व्यक्तिलाई लगेर गुफाको अवलोकन गरेपछि हाल आएर गुफाको बारेमा चर्चा सुरु भएको हो।

गुफाभित्र विभिन्न देवी, देवताका आकृतीहरु रहेका छन्। शिवलिङ्ग, पार्वती, गणेश, हात्तीको सुँड र नागका आकृतीहरु गुफाभित्र रहेका छन्। त्यसैलेपनि गुफाको महत्वपूर्ण विशेषता रहेको पाइन्छ। यस्ता किसिमका आकृतीहरु रहेकाले यस गुफालाई ‘शिवशक्ती गुफा’को नाम दिइएको छ। मानबहादुर खड्काको अध्यक्षतामा गुफा संरक्षण समिति समेत गठन गरिएको छ।

Image may contain: outdoor

गुफा कति लामो रहेको छ भन्ने अझै एकिन हुन सकिएको छैन। ‘करिब ३५ मिटर भित्रसम्म गुफाभित्र पसेको छु’ गुफा संरक्षण समितिका अध्यक्ष खड्काले भने, ‘त्यो भन्दाभित्र पनि गुफा रहेकाले गुफा कति लामो छ भन्ने एकिन गर्न सकिएको छैन।’ गुफाभित्र अँध्यारो रहेकाले उज्यालो बालेर मात्रै पस्न सकिने र कुनै भागमा फराकिलो तथा कुनै भागमा साँघुरो भाग रहेकाले पूरैभित्र पस्न नसकिने खड्काले बताए।

गुफाभित्र रहेको शिवलिङ्गको माथिबाट नियमित रुपमा पानी खसेको दृष्य हेर्दा स्वर्ग पुगेको आभाष हुने स्थानीय बताउँछन्। गुफाभित्र पस्ने ठाउँ साँघुरो रहेपनि भित्र भने फराकिलो रहेको छ। प्रदेश स्तरमा सो गुफाको केही प्रचार भएकाले जिल्ला भित्रका मात्र नभएर बाहिरका मानिस समेत गुफा अबलोकन गर्न आउने गरेको स्थानीय बताउछन्। गुफाको प्रचार–प्रसार तथा धार्मीक स्थलको रुपमा समेत परिचित गराउन यस वर्षको महाशिवरात्रीको अवसरमा पाँच जना ब्राह्मणद्वारा रुद्री पाठ, चण्डी पाठ, शान्ति पाठ समेत गरिएको थियो।

No automatic alt text available.

गुफा कति वर्ष पूरानो हो, लम्बाई कति छ, गुफाको ऐतिहासिक, पौराणिक महत्व के हो ? भन्ने बारेमा कुनै किसिमको जानकारी नभएकाले आगामी दिनमा त्यसका बारेमा अध्ययन, अनुसन्धान गरिने आदर्श गाउँपालिका–२ का अध्यक्ष प्रेमबहादुर बोहराले बताए। चालु आर्थिक बर्षमा पनि गुफाको संरक्षणका लागि एक लाख रकम वडाबाट छुट्याइएको र व्यक्तिगत रुपमा ५० हजार बराबरको आठ सय मिटर खानेपानी पाइप गुफा संरक्षण समितिलाई सहयोग गरेको वडा अध्यक्ष बोहराले बताए। त्यस्तै दुई सय मिटर खानेपानी पाइप स्थानीय मदनराज ओझाले समेत सहयोग गरेको अध्यक्षले जानकारी दिएका छन्।

गुफाको संरक्षणका लागि व्यक्तिगत रुपमा समेत सहयोग जुटीरहेको संरक्षण समितिले बताएको छ। गुफा संरक्षणका लागि स्थानीय बासी अर्जुनबहादुर साउँदबाट १२ हजार पाँच सय रुपैंया, केशव साउँदबाट पाँच हजार पाँच सय पाँच, डम्बर साउँदबाट चार हजार आठ सय, रामबहादुर साउँदबाट चार हजार गरी ८६ हजार रकम संकलन भइसकेको समितिका अध्यक्ष खड्काले जानकारी दिए।

Image may contain: 4 people, outdoor

गुफाको बारेमा हालसालै मात्रै जानकारी पाइएको र चालु आर्थिक बर्षको बजेट विनियोजन भइसकेकाले आगामी आर्थिक वर्षमा गाउँपालिकाबाटै सहयोग गर्ने आदर्श गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले बताए। गुफाको ऐतिहासिक, धार्मिक, पर्यटकीय महत्व रहेकाले यसको प्रचार–प्रसार, संरक्षण, संवद्र्धनमा आफू लागिपर्ने अध्यक्ष रोकायाले बताए। गुफाको संरक्षण र प्रचार–प्रसार हुनसके पर्यटकको गन्तव्य हुने उनले बताए।

No automatic alt text available.

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.