गृहमन्त्री थापाले भने: शान्ति सुरक्षा र सुशासन पहिलो शर्त

गृहमन्त्री थापाले भने: शान्ति सुरक्षा र सुशासन पहिलो शर्त

काठमाडौँ: नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले मुलुकको समृद्धिका लागि शान्ति सुरक्षा र सुशासन पहिलो शर्त भएको बताएका छन् ।

मन्त्रालयमा सोमबार पदबहालीपछि मातहतका कर्मचारी र सुरक्षाकर्मीलाई निर्देशन दिँदै उनले यसो भनेका हुन् । 'निर्वाचनपछिको राजनीतिक स्थायित्वले मुलुक र जनताको हितमा काम गर्ने ऐतिहासिक अवसर आएको छ, यसलाई अवसरका रुपमा लिनुपर्छ', उनले भने, 'जनअपेक्षानुसार काम गर्न आफ्नो क्षमताले भ्याएसम्म सक्रिय हुने प्रतिबद्धता जनाउँछु ।'

गृहमन्त्री थापाले यसमा आइपर्ने चुनौतीको सामना गर्न सबैको सहयोगको अपेक्षा गरेका छन् । मन्त्रालयमा यसअघिका राम्रा कामलाई निरन्तरता र सकारात्मक कामको अनुसरण गरिने बताउँदै उनले कर्मचारी र सुरक्षाकर्मीको वृत्तिविकासमा देखिएका समस्या समाधानमा पहल गरिने प्रतिबद्धता जनाए ।

वि.सं २०१२ मा गुल्मीमा जन्मेका मन्त्री थापाले विद्यालयस्तरको शिक्षा नेपाल तथा भारतका विभिन्न विद्यालयबाट र उच्च शिक्षा रुसको पेट्रिस लुमुम्बा विश्वविद्यालयबाट हासिल गरेका हुन् ।

४५ वर्षदेखि राजनीतिमा सक्रिय उनले यसअघि पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएर रक्षा मन्त्रालयको जिम्मेवारी निर्वाह गरिसकेका छन् । पार्टीमा महासचिवको जिम्मेवारी निर्वाह गरिसकेका उनी हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्य छन्

पदबहाली कार्यक्रममा गृहसचिव मोहनकृष्ण सापकोटाले मन्त्रालयले भोग्नुपरेका चुनौतीका बारेमा जानकारी दिएका थिए । मन्त्री थापालाई गृहसचिव, तीनै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका उच्च पदाधिकारी र उच्च सुरक्षा अधिकारीले स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.