अदालत परिसरमै प्रहरीद्वारा कुटिइन् वृद्धा

अदालत परिसरमै प्रहरीद्वारा कुटिइन् वृद्धा

गौरः जिल्ला अदालतमा बहस सुन्न पुगेका दुईजना महिलालाई प्रहरीले अदालत परिसरमै कुटपिट गरेका छन् । बालक हत्याको बिषयमा अभियुक्तहरुलाई अदालतमा बहस गराउन लगेको समयमा त्यहाँ पुगेका पीडित पक्षका महिलालाई सुरक्षाकर्मीहरुले कुटपिट गरेका हुन् ।

राजपुर नगरपालिका–९ बैरियाटोलमा माघ ९ गते ८ वर्षीय बालक महफुज देवानलाई धारिलो हतियारले हत्या गरेको घटनामा सोमवार पाँच अभियुक्तलाई अदालत पेश गरिएको थियो ।

जिल्ला अदालतमा बहस सुन्न मृतक बालककी ५५ वर्षीया हजुरआमा कोरैसी फकिरीसहित २४ जना भन्दा धेरै स्थानीय अदालतमा प्रवेश गर्न खोज्दा प्रहरीले कुटपिट गरेका हुन् ।

अमब्या खातुन र मृतक बालककी हजुरआमा कोरैसीलाई अदालत परीसरमा रहेका महिला प्रहरीले कुटपिट गरेको प्रत्यक्षदर्शी मन्तजिर आलमले बताएका छन ।

घाइते महिलाहरुको संबेदनशील अंगमा चोट लागेको गौर अस्पतालका अहेव पंकज ठाकुरले जानकारी दिएका छन् । रौतहटका प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलले अदालत परीसरमा न्याय सम्पादनलाई प्रभावित गर्ने उद्देश्यले केही व्यक्ति प्रवेश गर्न लाग्दा सुरक्षाकर्मीले रोकेको बताएका छन् ।

सुरक्षाकर्मीले नियतवश कसैलाइए कुटपिट नगरेको समेत प्रहरी उपरीक्षक पोखरेलले दाबी गरे । घाइते खातुनलाई गौरबाट थप उपचारका लागि वीरगञ्ज पठाइएको छ । अर्की महिलाको गौर अस्पतालमै उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.