रौतहटमा बञ्चरो प्रहारबाट एकको हत्या

रौतहटमा बञ्चरो प्रहारबाट एकको हत्या

रौतहट : जिल्लाको उत्तरीभेगको कटहरिया नगरपालिकामा बुधबार राति टाउकोमा बञ्चरो प्रहार गरेर एकजनाको हत्या गरिएको छ।कटहरिया नगरपालिका–१, छेदीचौक, हँथियाहीका ४० वर्षीय शिवमंगल महतो नुनियाको टाउकोमा बञ्चरो प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ।

हत्याको अभियोगमा स्थानीय जितु महतो नुनियाका छोरा ३५ वर्षीय वीरेन्द्र महतो नुनियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय, गरुडाका प्रमुख प्रहरी निरीक्षक गोविन्द थापाका अनुसार मृतकको टाउको र ढाडमा चोट देखिएकाले पछाडिबाट बञ्चरो प्रहार भएको देखिन्छ।

मात्र ५० मिटरको दूरीमा घर रहेका मृतक शिवमंगल महतो सोमबार राति करिब १२  बजे अभियुक्तको घरमा आएका थिए।घरमा बाहिरिया मानिस प्रवेश गरेको चाल पाएर वीरेन्द्र महतोले पछाडिबाट शिवमंगल महतोको टाउकोमा बञ्चरो प्रहार गर्दा महतोको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय गरुडा, कटहरियाबाट गएको टोलीले अभियुक्त वीरेन्द्र महतोलाई नियन्त्रणमा लिएर शव परीक्षणका लागि जिल्ला अस्पताल, गौर पठाएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।

रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले घटनाको ठोस कारण खुल्न नसके पनि पुरानो रिसइबीका कारण हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।

उता स्थानीयले भने अनैतिक कार्य गर्ने उद्देश्यले शिवमंगल महतो छिमेकी जितु महतोको घरमा मध्यरातमा पसेको हुनसक्ने अनुमान गरेका छन्। घटनास्थल सदरमुकाम गौरबाट ३५ किलोमिटर उत्तरमा पर्दछ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.