स्वाथ्यकर्मीको चरम लापरवाही : आइरन चक्की दिनुपर्ने गर्भवतीलाई ‘अल्वेण्डाजोल’

स्वाथ्यकर्मीको चरम लापरवाही : आइरन चक्की दिनुपर्ने गर्भवतीलाई ‘अल्वेण्डाजोल’

बाबियाचौर : म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि ‘अल्वेण्डाजोल’को बट्टा दिएको खुलासा भएको छ । २०७४ मंसिर ४ गते अस्पतालमा गर्भपरीक्षण गर्न गएकी बेनी नगरपालिका–५ सेतोढुङ्गाकी समीक्षा खत्री कुँवरलाई आइरन चक्की दिनुपर्नेमा अल्बेण्डाजोलको बट्टा दिएको खुलासा भएको हो ।

कुँवर र उनका परिवारले माघको २३ गतेमात्रै आफूलाई आइरन चक्की नभएर जुकाको औषधि दिएको थाहा पाएपछि तत्कालै बेनी अस्पतालमा पुगेर स्वास्थ्य परीक्षण गराएका थिए । उनीहरुले अस्पताल, जिल्ला प्रशासन कार्यालय र बेनी नगरपालिकाको कार्यालयमा उजुरी दिएका छन् । खड्का हाल सात महिनाकी गर्भवती छिन् । स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण आमा र बच्चाको स्वास्थ्य जोखिममा परेको पीडितको गुनासो छ ।

आइरनको कमीले आमा र बच्चाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै छानबिन गरी लापरबाही गर्ने कर्मचारीलाई कारबाही र गर्भबती महिलाको स्वास्थ्यको सुनिश्चितता हुनुपर्ने माग गरेका छन् । अस्पतालका प्रमुख डा रोशन न्यौपानेले औषधि दिँदा कमजोरी भएको स्वीकार गर्दै बेनी र पोखराको अस्पतालमा भिडियो एक्सरे गर्दा आमा र बच्चाको स्वास्थ्यमा भने असर नगरेको देखिएको बताए ।

चेप्टेजुका परेको अवस्थामा गर्भवतीलाई समेत ९० दिनसम्म अलबेण्डाजोल खुवाउनुपर्ने तर कुँवरको स्वास्थ्य परीक्षण रिपोर्टमा जुका परेको नदेखिएको उनको भनाइ छ । बेनपाका उपप्रमुख सञ्जु बरुवाल, बेनपा–५ का वडाध्यक्ष लक्ष्मण बानियाँ र अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीको रोहबरमा सोमबार डा न्यौपाने र पीडित परिवारबीच विभिन्न बुँदामा सहमति भएको छ ।

लापरबाही गर्ने कर्मचारीमाथि छानबिन गरी विभागीय कारबाही गर्ने, गर्भवतीको नियमित स्वास्थ्य परीक्षण र सहज रुपमा सुत्केरी हुने व्यवस्था मिलाउने सहमति भएको अस्पताल विकास समितिका अध्यक्ष रेग्मीले बताए । अध्यक्ष रेग्मीका अनुसार छानबिनका क्रममा लापरबाही गरेको भेटिएकाले औषधि वितरण कक्षमा रहेकी कर्मचारी राधिका आचार्यलाई विभागीय कारबाही प्रक्रिया अघि बढाइको छ ।

पछिल्लो समय बेनी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी नभेटिने, प्राविधिक शिक्षालयबाट अभ्यासका लागि आएका सिकारुका भर पर्नुपर्ने, गलत औषधि दिने, घाउको टाँका लगाउँदा कपास भित्रै छोड्ने, शव परीक्षणमा ढिलासुस्ती गर्नेलगायत गुनासा आएका छन् ।

खिवाङमा सामुदायिक स्वास्थ्य इकाई

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । भौगोलिक विकटता र वडास्तरको स्वास्थ्य संस्था टाढा भएका कारण स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाइ भोग्दै आएका खिवाङवासीको स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गराउन सो एकाइ स्थापना भएको हो ।

गाउँपालिका र वडा कार्यालयको पहलमा स्थापना भएको इकाईमा स्वास्थ्य परीक्षण, परामर्श र सरकारले दिने निःशुल्क औषधि वितरणको सुविधा उपलब्ध छ । वडा कार्यालयले एकजना अहेव र औषधिको पनि व्यवस्था गरेको छ । इकाई स्थापना भएपछि खिवाङका ९२ घरधुरीका ६५० जनसंख्या लाभान्वित भएका छन् ।

यसअघि खिवाङका बासिन्दा घार र शिखमा रहेको स्वास्थ्य चौकीमा पुगेर सेवा लिने गरेका थिए । सामुदायिक भवनमा एकाइ सञ्चालन गरिएको वडा सदस्य रवीन्द्र गर्बुजाले बताए । वडाध्यक्ष कृष्णप्रसाद बरुवालले इकाई उद्घाटन गर्दै सहज र सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण मिलाउन प्राथमिकता दिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.